सर्लाहीको निषेधाज्ञा आज साँझसम्म जारी, ईश्वरपुर घटनाको छानबिन गर्न समिति गठन

१६ पुष काठमाडौ । ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ ।
पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो। ईश्वरपुर नगरपालिका–७ मा पाँच दिनअघि मोटरसाइकल अचानक प्रहरीको भ्यानसँग ठोक्किँदा स्थानीयवासी रामकुमार महतोको ज्यान गएको थियो ।
सोमबारदेखि अस्पतालमा रहेको शव पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज साँझसम्म थप गरिएको छ भने उक्त दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न प्रदेश नं २ …

सिरहाको राजमार्ग क्षेत्रमा दुई दिनको लागि निषेधाज्ञा

 १३ पुष काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागूहुने गरी निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनका अनुसार निषेधित क्षेत्रमा समूहमा हिँडडुल गर्न पाइने छैन भने पाँच जनाभन्दा बढी भेला हुन पनि पाइने छैन । कुनै किसिमका भेला, सभा तथा जुलुस गर्न नपाउने आदेशमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार …

कालीकोटमा जारी निषेधाज्ञा १० दिन थप

२३ साउन , काठमाडौ । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए।
उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।
 

कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा निषेधाज्ञा

१९ साउन , काठमाडौ । कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।
प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राखिएको जनाइएको छ ।

निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता

१८ साउन , काठमाडौ । वैशाखदेखि जारी गरिएको निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता पाइरहेको छ ।
निजी तथा सार्वजनिक सवारी साधनदेखि बजार पूर्ण रुपमा सञ्चालन भई चहलपहल बढिरहे जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्न भने छाडेको छैन ।
सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले आगामी साउन ३२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् । पछिल्लो निषेधाज्ञा साउन २१ गते राती १२ बजेसम्म कायम थियो ।
गत वैशाखदेखि निषेधाज्ञा जारी गरिए पनि साउनदेखि भने निषेधाज्ञा खुकुलो पारिएको छ । बजार …

लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी

३१ असार,काठमाडौ । लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।
यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।
फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि …

साउन ५ गते सम्मका लागि कास्कीमा थप निषेधाज्ञा

२५ आषाढ ,काठमाडौ । कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमणदर र मृत्युदरमा केही कमी आएको भए पनि अपेक्षाकृत नियन्त्रणमा आइनसकेको कारण जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि १० दिन थप गरेको हो ।
यही असार २५ गते राति १२ बजेबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्र मात्र जोरबिजोरअनुसार सार्वजनिक सवारी साधान सञ्चालन हुनेछन् भने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् ।
निजी सवारी साधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट …

कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ

१२ असार ,काठमाडौ । निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ ।

मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी न्युज२४ग्यालेक्सीलाई दिए ।

पक्राउ पर्नेमा घरधनी माझीसहित मन्थली नगरपालिका ९ पुरानागाउँका ३२ वर्षीय टीकाराज आरण,हात्तिटारका तेजबहादुर माझी,खाइखुराका आईते माझी र खाँडादेवी गाउँपालिका घर भइ हाल सिन्धुली सुनकोशी गाउँपालिका ९ मा बस्ने नरेन्द्र माझी …

उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय

६ असार, काठमाडौ । काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले न्युज२४ग्यालेक्सीलाई जानकारी दिए ।

यसअघि असार ७ गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ । स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।

निषेधाज्ञा एक साता थपियो ; कुन क्षेत्र कहिले खुला ?

३१ जेठ , काठमाडौ । काठमाडौं उपत्यकामा करिब एक दर्जन क्षेत्र सर्तसहित खुला रहने गरी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिले आइतबार असार ७ गतेसम्म निषेधाज्ञा थपेको हो ।

तर तोकिएका र अनुमतिबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन, शैक्षिक संस्था, सभारसम्मेलन, जुलुस, सिनेमा हल, मठमन्दिर (नित्यपूजाबाहेक) लगायतमा निषेधाज्ञा यथावत् रहनेछ ।

पछिल्लो आदेश मंगलबारबाट लागू हुनेछ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले असार १ गतेबाट आर्थिक क्षेत्रलाई क्रमशः चलायमान गर्दै लैजाने नीतिअनुसार केही क्षेत्रलाई सर्त राखेर सञ्चालन गर्न दिइने बताए । अब दैनिक उपभोग्य वस्तु किनबेच बिहान …

You Missed

डिआईजी भट्टराईले चाडपर्वमा उत्कृष्ट सुरक्षा व्यवस्था मिलाउन मातहतलाई निर्देशन
डिएसपी दिनेश घिमिरेको एक सय ६७औं कविता : शब्दहरू
ममताको मुद्दामा नरेशविरुद्ध हामीले थप प्रमाण फेला परेका छौँ : प्रहरी
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
मकवानपुर प्रहरीको सफलता: ८ किलो २४३ ग्राम सुनसहित दुई जना भारतीय पक्राउ
सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख
मकवानपुर प्रहरीको सफलता : १०७ किलो लागू औषध गाँजासहित एकजना पक्राउ

Primary Color

Secondary Color

Layout Mode