बन्लान् त सुनिल शेट्टी नेपाली फिल्ममा भिलेन ?
६ असार, काठमाडौ । ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट मल्टीस्टार कलाकार लिएर फिल्म बनाउन माहिर छन् । उनको निर्देशन रहेको दुई मध्ये एक फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन हुन बाँकी छ । कोरोनाको कहर नआएको भए सायद फिल्म प्रदर्शन अहिलेसम्म भइसक्ने थियो ।
निर्देशक भट्टको ‘लप्पन छप्पन’ का दुबै सिरिज एक्सनमा आधारित छन् । अहिले भने उनी तेस्रो फिल्म ‘एक्स ९–लेभल १’ को तयारी गर्दैछन् । जसको घोषणा उनले केही पहिले गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म हुने दाबी निर्माण युनिटको रहेको छ …