नेपाल प्रहरीका १२ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी
कार्तिक ११ , काठमाडौ । नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको हो ।
आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको बताइएको छ ।
कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।
चन्द्रनिगाहपुरमा प्रहरीले सञ्चालनमा ल्यायो ‘हेल्प डेस्क’ !
१६ असोज , काठमाडौ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको हो ।
सो हेल्प डेस्कले कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने विश्वास गरिएको छ ।
इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका अनुसार मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन ल्याइएको हो ।
नेपाल प्रहरीभित्र ‘३० वर्षे’को लडाईं कहिलेसम्म ?
६ असोज , काठमाडौ । आम नगरिकको शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीभित्र अहिले अवकाशको विषयलाई लिएर धेरै चर्चा परिचर्चा भइरहेका छन् । केही वर्षदेखि नेपाल प्रहरीभित्र ३० वर्षे सेवाहद हटाउन ठूलै चलखेल हुँदै आएको छ ।
३० वर्षे सेवा अवधिका कारण ५८ वर्ष नपुग्दै प्रहरी अधिकारीहरु अवकाशमा जाने अवस्था आएको र ३० वर्षेका कारण राज्यलाई आर्थिक भार समेत थपिएको भन्दै सेवा अवधि हटाउनुपर्ने आवाज उठिरहेका छन् ।
प्रहरी प्रमुखहरु भने आफू अनुकुल ३० वर्षे हटाएर लामो समय संगठन हाँक्ने दाउ गरिरहेका छन् । तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्यालदेखि निवर्तमान आईजीपी धिरजप्रताप सिंहले …
नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित]
१७ भाद्र , काठमाडौ । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको सोमबारको निर्णयअनुसार ५८७ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको हो ।
त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा हुनेमा अक्षय कुमार रावल, अच्युत गिरी, अच्युचराज आचार्य, अजय जंग थापा र अनिल कुमार थापा लगायतका व्यक्तिहरु रहेका छन् ।
सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
को कहाँ पुगे ? [सूचीसहित]
नेपाल प्रहरीका नवनियुक्त ९६ इन्स्पेक्टरको पदस्थापन, को कहाँ ? [सूचीसहित]
२४ साउन, काठमाडौ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।
उनीहरुलाई गृह मन्त्रालयले यही साउन ३ गते बैठकले ९ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले भन्यो – सामाजिक सञ्जालमा रोजगारी दिने बहानामा ठगी हुँदैछ, सचेत रहनू
२१ साउन , काठमाडौ । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठा पोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको हो । प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ ।
नेपाल प्रहरीले जनाए अनुसार, ठगहरुले सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगोको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा आकर्षक रोजगारीका विज्ञापनहरू पोस्ट गर्ने गरेका छन् ।
यी विज्ञापनहरूमा …
नेपाल प्रहरीका सईसहित २९ जना कहाँ हराए ? हेडक्वाटरले जारी गर्यो यस्तो सूचना
१० साउन , काठमाडौ । नेपाल प्रहरीका २९ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीससम्म २९ जना सम्पर्कविहीन भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत …
नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा, कसको कहाँ ? [सूचीसहित]
५ साउन , काठमाडौ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले पाँच एसपीको काज सरुवा गरेको हो । अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अपिलराज बोहरा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय विरेन्द्रनगर, सुर्खेत, वीरेन्द्रबहादुर शाही जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवार, रमेश थापा अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल र हरीहरनाथ योगीको जिल्ला प्रहरी कार्यालय उदयपुरमा काज सरुवा …
नेपाल प्रहरीको डीआईजीमा तीन दरबन्दी खाली, चार ब्याच आकांक्षी
९ वैशाख , काठमाडौ । नेपाल प्रहरीमा सम्भवतः यसै साता रिक्त नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी तीन पुग्दैछ ।
डीआईजी विकासराज खनालले अवकाश पाइसकेका छन् । एआईजी बढुवाका लागि उमेशराज जोशी र भीमप्रसाद ढकाल गत साता नै सिफारिसमा परेका थिए । सिफारिस भएको एक साताभित्र उजुरी नपरे उनीहरुलाई मन्त्रिपरिषद्ले एआईजीमा बढुवा गर्नेछ ।
२०७७ माघमा एसएसपी भएका कृष्णहरि शर्मा पोखरेल तथा २०७८ मंसिरमा एसएसपी भएका ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको लाइनमा छन् । यीमध्ये राउत र रावल वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् । उनीहरु २०५१ चैतमा प्रहरीमा भर्ना भएका …
नेपाल प्रहरीमा भर्ना खुल्यो ,कुन पदमा कति ?
२६ माघ , काठमाडौ । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समुहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको हो । यसैगरी भान्छे ५३, हजाम ७, कुचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।
खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको …