राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’
०५ जेठ , काठमाडौं । गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका छन् ।
अघिल्लो हप्ता सगरमाथा आरोहण गरेका गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । उनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका भोकलिस्ट राजुलाई स्वागत गरिएको हो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता सर्वोच्च शिखर आरोहण गरेका थिए ।
‘सबैको साथ र सहयोग सहितको आशीर्वादले म टुप्पोमा पुगेँ । म रोएँ । थाम्नै सकिन । तर इट्स ब्युटीफुल’ गायक लामाले भने । उनले आफूलाई यति धेरै सुन्दर देशको नागरिक भएकोमा …