न्यूयोर्कबाट स्वदेश फर्कियो गृहसचिव अर्याल र आईजीपीसहितको टोली
१८ असार , काठमाडौ । गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा आयोजना भएको (यूएनसीओपिएस) मा सहभागी भएर स्वदेश फर्किएको छ ।
गृह सचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की मंगलबार स्वदेश फर्किएका हुन् ।
गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा कुराकानी गर्दै गृह सचिव एक नारायण अर्यालले नेपाली सेना, नेपाल प्रहरी …