‘पठान’मार्फत सपना पूरा गर्दै शाहरुख
५ माघ , काठमाडौं । अभिनेता शाहरुख खानलाई भलै बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।
३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो ।
‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ । तर म यसमा चुकें । किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो । म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्, …