माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
२३ पुष , काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनेबारे तयारी गर्न पदाधिकारी बैठक बस्न लागेको हो।
बैठक अहिले बिहान ११:२० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । उनी एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दै
१८ फागुन , काठमाडौं । नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दैछ ।
बैठक आज (बुधबार) दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।
निर्वाचन आयोगको पत्रपछि राप्रपाको ‘पदाधिकारी’ बैठक बस्दै
९ माघ , काठमाडौ । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको बिद्यान संसोधनका लागि ७ दिनको समय सिमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।
आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको बिद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।
‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक बोलाईएको छ, १ बजे पछि बस्ने बैठकले आवाश्यक निर्णय लिनेछ’ केन्द्रिय सदस्य मोहन श्रेष्ठले भने ।
गत मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी …