‘पानीफोटो’ ले देला त मलिकालाई राहत ?
२७ जेठ , काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा स् द म्युजिकल भ्ल्ग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा समेत अभिनय गरिसकेकी छिन् । तेस्रो फिल्म ‘सत्यम्’ मा अभिनय गर्ने वर्कशपमा समेत सहभागी भएकी मलिकाले फिल्म छाडिन् । उक्त फिल्म अझै बन्न सकेको छैन ।
उनले पनि अझैँ फिल्ममा अभिनय गर्न सकेकी छैनन् । फिल्म मार्फत रङ्गीन दुनियाँमा उदाएकी भएता पनि उनलाई म्युजिक भिडियोले लोकप्रियता दियो । उनले अभिनय गरेका भिडियोले दर्शकको मन जित्यो । ‘फूलबुट्टे’ सारी’ मार्फत भिडियोमा उदाएकी …