नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन
२२ असार , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन भएको छ।
सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो । उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन्।
उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
उनी ओलीको सुरक्षार्थ खटिने प्रमुख हुन्।
गृहमन्त्रीका ‘पीएसओ’ कार्कीलाई गणमा थुनेर अनुसन्धान सुरु
भाद्र १५ , काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका गृहमन्त्रीका ‘पीएसओ’लाई एक नम्बर गणमा थुनामा राखेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
यसअघि भदौ ७ गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कार्कीबारे मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको थियो। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने बताएका थिए।
चितवन इच्छाकामना गाउँपालिकाका एक युवकलाई असार १६ मा …