‘पुष्पा’का प्राविधिकलाई जनही एक लाख दिने घोषणा
१४ पुष काठमाडौ । साउथ फिल्म ‘पुष्पा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । अल्लू अर्जुन स्टारर फिल्मले हालसम्म दुई सय ७५ करोड बढी कमाई गरिसकेको छ भने यसको मात्रा पनि बढ्दै गएको छ ।
फिल्मले सफलता पाएकोमा हालै फिल्म युनिटले एक कार्यक्रम गरेको थियो । जहाँ निर्देशक सुकुमार, अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दानालगायतको उपस्थिति थियो ।
निर्देशक सुकुुमारले भावुक हुँदै फिल्म सफलताको श्रेय श्रीमति थबिता, निर्माता चिरञ्जीबी, कलाकारहरु र फिल्मका प्राविधिक सदस्यलाई दिए । उनले कार्यक्रममा लाइटमेन, सेट ब्वाइ, कष्ट्युम र प्रोडक्सन विभागका प्राविधिकलाई जनही १ लाख रुपैंयाँ दिने घोषणा गरे …
‘पुष्पा’बाट किन हटाइयो अल्लूको न्यूड दृश्य
१२ पुष काठमाडौ । दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्सअफिसमा जबरदस्त कमाई गरिरहेको छ ।
निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मनपराइरहेका छन् । फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन् । हालैमात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गरेका थिए ।
सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यमा अल्लु र फहाद फासिललाई देखाउन चाहन्थे । तर दर्शकको भावनालाई ध्यानमा राख्दै उनले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइदिए । जबकी यसको वास्तविक …
‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड
४ पुष काठमाडौ । सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ ।
ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ ।
व्यापार विश्लेषक रमेश बालाका अनुसार फिल्मले रिलिजको दुई दिनमा विश्वव्यापी रुपमा सय करोड बढी कारोबार गरेको छ । फिल्मले दुई दिनमा १ सय १६ करोड व्यापार गरेको छ । उसले पहिलो दिन ७१ करोड र दोस्रो दिन ४५ करोड …