चन्द्रनिगाहपुरमा प्रहरीले सञ्चालनमा ल्यायो ‘हेल्प डेस्क’ !
१६ असोज , काठमाडौ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको हो ।
सो हेल्प डेस्कले कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने विश्वास गरिएको छ ।
इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका अनुसार मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन ल्याइएको हो ।
प्रहरीका एआईजी र डीआईजी पनि सर्वोच्चमा, उमेरहदका आधारमा अवकाश रोक्न माग
११ भाद्र ,काठमाडौ । हाल नेपाल प्रहरीका अधिकारीहरू रिट लिएर सर्वोच्च अदालत पुग्ने क्रम जारी छ । ३० वर्षे सेवा अवधि विवादबारे प्रहरी अधिकारीहरू सर्वोच्च धाइरहेका हुन् ।
सोही क्रममा अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू पनि मंगलबार सर्वोच्च पुगेका छन् । उनीहरु उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।
उनीहरूले नेपाल प्रहरी ऐन र नियमावलीले तोकेको पदका आधारमा उमेरहद खारेज गरी समानरूपमा निजामति ऐनमा जस्तै उमेरहद कायम गर्न माग दाबी गरेका छन् ।
एआईजी ज्ञवाली यही भदौ २५ मा उमेरहदका आधारमा अवकाशमा जाँदै छन् । गत बिहीबार …
संगीत उद्योग संघमा प्रहरीले हान्यो छापा, कागजात बरामद
५ भदौ , काठमाडौ । नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ ।
नक्कली कागजात बनाएर गैरकलाकारलाई विदेश पठाउने गरेको सूचना पाएपछि ब्यूरोको टोलीले अनामनगरस्थित संघको कार्यालयमा छापा हानेको हो । संघको कार्यालयबाट प्रहरीले केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोले जनाएको छ ।
प्रहरीको ‘सिआइडी हुँ’ भन्दै ठगी, सन्दिप र सरोज पक्राउ
३० साउन , काठमाडौ । प्रहरीको सिआइडी हुँ भनी सर्वसाधारणलाई दुस्ख दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।
उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुस्खरहैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले …
माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप
२६ साउन , काठमाडौ । माइतीघरमा प्रदर्शन गर्न पुगेका कुलमान घिसिङका समर्थक र प्रहरीबीच झडप भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र प्रहरीबीच झडप भएको हो।
प्राधिकरणलाई डुबाउन पाइँदैन लगायतका नारा लगाउँदै युवाहरू बीच सडकमा बसेपछि प्रहरीले हटाउन खोजेको थियो ।
जिउधनको सुरक्षाको माग गर्दै अनिश्चितकालीन हड्तालमा उत्रिए बंगलादेशी प्रहरी
२२ साउन , काठमाडौ । देश अशान्त रहेकै बेला बंगलादेशमा प्रहरीहरुले अनिश्चितकालीन हड्ताल गरेका छन् । मंगलबारबाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन् । आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
अखबारका अनुसार बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको हो । देशभरका ४५० प्रहरी पोस्ट जलाइएको, धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीलाई शेख हसिनाले देश छोडेपछि पहिलो प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ ।
प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालनामात्रै गरेको संगठनले बताएको छ …
प्रहरीका २८९ जना ‘लेखापाल’को सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]
१२ साउन , काठमाडौ । नेपाल प्रहरीका २८९ जना लेखा प्रमुखहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार २८९ जना लेखापालको सरुवा गरेको हो ।
नयाँ आर्थिक वर्षको सुरुवातमा बजेट चल्ने युनिटमा लेखापाल फेरिएका हुन् । आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २८९ जना लेखा प्रमुखहरुको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले देशभरका सबै प्रहरी कार्यालयमा साउन ११ पत्राचार गरी खटाइएको स्थानमा हाजिर हुन निर्देशन गरेको जनाएको छ ।
नेपाल …
कैलालीमा किन भयो प्रहरी र स्थानीयबीच झडप ?
१० साउन , काठमाडौ । कैलालीको हसुलियामा स्थानीय र प्रहरीबीच झडप भएको छ । कैलारी गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।
गाउँपालिकाले माछा पालनको लागि ठेक्का दिँदा स्थानीयसँग समन्वय नगरी ठेक्का दिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् । आक्रोशित स्थानीयहरू विरोधसहित ताल परिसरमा रहेको माछा व्यवसायी (ठेकेदार) कृष्ण गिरीको टहरा भत्काएपछि कैलालीको मालाखेती प्रहरीले ८ जना स्थानीयहरूलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि आक्रोशित स्थानीयहरू गाउँपालिकाको ९ नंं वडा कार्यालयमा तालाबन्दी गरी गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
मुगुमा २४ घर र गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरी गर्यो सार्वजनिक
२३ असार , काठमाडौ । मुगुको मुगम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा भएको २४ घर र सार्वजनिक गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मुगुले जेठ १२ गते राति बिष्णु बहादुर बुढासहित ७÷८ जना व्यक्तिहरूको समुहले हातहतियारसहित गाउँमा गोली पड्काएर स्थानीयहरुलाई कुटपिट गर्नुका साथै डरत्रासमा राखेर लुटपाट गर्नेलाई सार्वजनिक गरेको हो ।
सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना, अन्दाजी ३५ तोला सुन, चाँदी ९९४।५ तोला, बुद्धको मुर्ति २ वटा, रिणमोक्षको मुर्ति वटा १, मुगाको माला अन्दाजी ९५ …
ललितपुरमा खुकुरी प्रहार गर्ने को हुन् ? जसले आफै गरे प्रहरीमा आत्मसमर्पण
१८ असार, काठमाडौ । ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा मनोज बाँनियामाथि खुकुरी प्रहार गरी फरार भएका राजेश केसीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने केसीले व्यवसायी बाँनियामाथि असार ७ गते खुकुरी प्रहार गरेका थिए ।
आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
केसीले खुकुरी प्रहार गर्दा बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ ।