किरात समुदायको ऐतिहासिकस्थल ‘प्रिमाकोटगढी’ ओझेलमा
२३ मंसिर , काठडमाडौं । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित किरात समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ ।
किराती राजा कुम्राहाङले शासन गरेको किराँत समुदायको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको प्रिमाकोटगढी प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको हो ।
घोप्ट्याएको पाथी आकारको डाँडामा रहेको प्रिमाकोटगढी देउरालीडाँडाबाट जङ्गल र झाडी पार गर्दै पुगिन्छ । जङ्गलबीचमा दुईतिर बङ्करको अवशेष रहेको छ ।
अग्लो डाँडामा रहेको दुई बङ्करका बीचमा अवशेषको रुपमा रहेको दरबारको चरको ढुङ्गा यत्रतत्र छरिएर रहेका छन् । गढी आसपासमा रातो माटो झिक्नेक्रममा कहिलेकाहीँ खिया लागेका तीर भेटिने गरेको स्थानीय सुरेन्द्र राई बताउँछन् ।
प्रिमाकोटगढीमा हाल घुमफिर …