नेपाल रिलिजअघि नै ‘प्रेमगीत ३’ को पूरा हिन्दी भर्सन भारतबाट लिक
९ असोज , काठमाडौँ । यतिबेला नेपालसंगै विश्वभर प्रदर्शन भैरहेको नेपाली कथानक फिल्म ‘प्रेमगीत ३’ चर्चा सहित व्यापार समेत व्यापक बन्दै गैरहेको छ । तर, सकारात्मक प्रतिक्रिया फिल्मले पाइरहदा भारतबाट भने हिन्दी भर्सनको ‘प्रेमगीत ३’ लिक भएको छ । एक अनलाइनले एपको सहायतामा पूरा फिल्म डाउनलोड गर्ने अप्सन सहित फिल्म पाइरेसी भएको हो । भारतिय फिल्मको हकमा यसरी लिक हुनु पछिल्लोसमय सामान्य नै जस्तो बन्दै गैरहेको छ । तर, प्रेमगीत ३ को हिन्दी भर्सनको हकमा भने यो निकै दुखद पक्ष हो ।
एउटा ईतिहास रच्ने फिल्ममाथि यस्तो लापरबाहीले नेपाली सिनेमा उधोगलाई …