‘प्रेमगीत-३’ ले चलचित्र क्षेत्र दुई चिरा
४ आश्विन , काठमाडौं । ‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् ।
‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता कलाकार सार्वजनिक बहसमा उत्रिएका छन् ।
चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि अहिले निर्माण पक्ष आक्रोशित भएको छ ।
चलचित्रका निर्माता एवं …
मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ
१ आश्विन , काठमाडौं । असोज ७ गते नेपालमा ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैसाथ प्रदर्शन हुने तयारीमा छन् । फिल्मको अग्रिम बुकिङ पनि एकसाता रिलिज बाँकी रहँदै खुलाइएको छ ।
एफक्यूबले ६ शो तथा आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ । सिने द सेफले पनि ६ शो दिएको छ । निर्माता सन्तोष सेनले बुकिङ खुलाएसँगै अब आफूहरु रिलिजको तयारीमा जुटेको बताए ।
सन्तोष सेन र छेतेन गुरुङ निर्देशित ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका छ ।
‘प्रेमगीत ३’ को हिन्दी भर्सनपनि ७ असोजमै रिलिज हुने
२७ भाद्र , काठमाडौँ । ७ असोजदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘प्रेमगीत ३’ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अव भने दुबै भर्सन एकैदिन रिलिज हुने भएको छ ।
फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा रिलिज हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन रिलिज गर्ने निर्णय गरेका छौँ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना …
‘प्रेमगीत–३’को नेपाली र हिन्दी टिजर सार्वजनिक
४ भदौ , काठमाडौं । फिल्म ‘प्रेमगीत–३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक भएको छ ।
दोस्रो टिजरमा अभिनेता मनिष राउतलाई खलपात्रका रुपमा स्थान दिइएको छ । साथमा शिव श्रेष्ठलाई पनि देखाइएको छ । असोज ७ गते रिलिज हुने चलचित्रको ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने निर्माता सन्तोष सेनले बताएका छन् ।
सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुनील थापालगायत कलाकारको अभिनय छ ।
‘प्रेमगीत ३’लाई यूएफओले चीनमा रिलिज गर्ने
१ भदौ , काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ ।
प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ ।
निर्माता सन्तोष सेनका अनुसार चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको हो । उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ । ‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन् । चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता छ ।
चीन …
‘प्रेमगीत-३’ हिन्दी भर्सनको टिजर सार्वजनिक (टिजरसहित)
२८ साउन काठमाडौ । फिल्म ‘प्रेमगीत–३’को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । यो फिल्म आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ ।
भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका छन् । झन्डै एक मिनेट लामो टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा साथ प्रस्तुत गरिएको छ ।
राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का)लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गरेका हुन् । उनले साउथका कयौं सुपरस्टार कलाकारहरुको हिन्दी डबमा …
भारतीय गायक गायिकाले गाए ‘प्रेमगीत ३’
२९ मंसिर काठमाडौ । फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको गीत रेकर्डको काम पुरा भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदैछ ।
फिल्मको निर्माण कम्पनी आशुसेन फिल्मस्ले बुधबार विज्ञप्ती जारी गर्दै फिल्मका गीतको सबै काम पुरा भएको जनाएको छ । फिल्ममा राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका छन् । यी गीतमा कुमार र एम तुराजको शब्द छ ।
फिल्ममा …