अभिनेता प्रशान्तले ‘बजरंगी’ फिल्म बनाउँदै
१७ मंसिर काठमाडौ । फिल्म ‘बजरंगी’ निर्माण हुने भएको छ । केही अगाडि घोषणा भएर निर्माणमा रोकिएको फिल्म अहिले बन्न लागेको हो ।
अभिनेता प्रशान्त गिरीले फिल्मको काम अगाडि बढाएको जानकारी दिए । ‘फिल्मको अहिले लेखन अन्तिम चरणमा रहेको छ । छिट्टै कलाकार पनि छनौट गरेर छायाङ्कनमा निस्कने छौ’ निर्माता गिरीले भने ।
फिल्म ‘बाउन्सर’ निर्माण पछि अमेरिका अभिनेता गिरी केही पहिले नेपाल आएका हुन् । नेपाल फर्किए लगतै फिल्मको काम र समाजसेवामा सक्रिय गिरीले हालै काभ्रे पुगेर त्यहाँको रत्नचण्डेश्वर माध्यामिक विद्यालय र अरुणदयो आधारभुत विद्यालयमा स्टेशनरीका बिभिन्न सामाग्रीसहित विद्यालय रङ्गरोगन र …