फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर : कसरी प्रयोग गर्ने ?
२२ साउन , काठमाडौं । दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन ।
फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।
सामाजिक सञ्जालका विभिन्न एप्लिकेसनलाई प्रयोगकर्ता अनुकूल बनाउन समय समयमा नयाँ नयाँ फिचर आइरहन्छन्, जसले हाम्रो काम केही सहज बनाइदिएको हुन्छ ।
कतिपय अवस्थामा त्यस्ता फिचर धेरै उपयोगी नभएपछि हटाउने गरेको पनि पाइन्छ …