प्रचण्डलक्षित बाबुरामको व्यङ्ग्य – सबैलाई केहीबेर ठग्न सकिन्छ तर, सधैँभरि सकिन्न!
१८ असार, काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अध्यक्ष भट्टराईले यस्तो व्यंग्य गरेका हुन् । सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिँदै उनले सत्ता टिकाउन समीकरण फेरिरहने प्रचण्डप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरे ।
अध्यक्ष भट्टराईले प्रचण्डप्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैँभरि ठग्न सकिन्छस सबैलाई केही बेर ठग्न सकिन्छस तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच …
अध्यक्ष डा.बाबुरामले बैठक बोलाएकामा महिन्द्रको आपत्ति
१ चैत , काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा।बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ ।
उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् । ‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु’, महासचिव यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक …
‘इनफ इज इनफ’ भन्दै बाबुरामले भने, ‘सत्तालिप्सा र नाङ्गो अवसरवाद’
२१ फागुन , काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ता लिप्साका निम्ति पटकपटक मञ्चन हुने फोहोरी खेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्नुका साथै प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको बताएका छन् ।
उनले नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भयो भन्दै व्यङ्ग्यसमेत गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो ! केही चतुरहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक …
प्रचण्डको पत्रले बाबुरामलाई बाइपास : ‘प्रचण्ड भन्छन्’ – महेन्द्रलाई लगनगाठो गासौ
३ असोज , काठमाडौ । नेकपा माओवादीको पार्टी एकतासम्बन्धी पत्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा हलचल ल्याएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी एकताको लागि अध्यक्ष भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महेन्द्र यादवलाई पत्र पठाएपछि नेसपामा भूकम्प ल्याएको हो ।
अध्यक्ष भट्टराई पछिल्लो समय पार्टी एकताको लागि तयार नभएपछि प्रचण्डले रणनीतिक रुपमा यादवलाई सम्बोधन गरेर पत्राचार गरिएको बताइन्छ । माओवादीसँग एकता गर्ने विषयमा नेसपामा सुरुदेखि नै दुई धार छ ।
यही विवादमा खेल्ने रणनीतिका साथ माओवादीबाट अहिले पत्राचार भएको बाबुराम निकट नेताहरुले आरोप लगाएका …
क्यान्टोन्मेन्ट घोटालाको पनि छानबिन हुनुपर्छ : बाबुराम
२६ साउन ,काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता उनले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् । उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरू खोल्ने गरिए पनि ठूला दलहरूबीच लाभका पदहरूमा भागबन्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए । उनले भने, ‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने …
बालेन र हर्कलाई रास्वपामा भित्र्याउने रविको चाहना, बाबुरामले गरे प्रशंसा
८ असार ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए ।
उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको समेत बताए । रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने समेत बताए । उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको …
समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’
३ असार ,काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार घोषणा भएको समाजवादी मोर्चाको निर्माणप्रति आशङ्का व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत उनले जालझेलले समाजवादको निर्माण नहुने भन्दै मोर्चा संसदीय अंकगिणत मिलाएर सत्ता बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरे ।
उनले भने, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन, यो त उदात्त वैचारिक निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिजो समाजवादी …
चुनाव नलड्ने घोषणा गर्दै बाबुरामले भने- संसदमा नरहेपनि योगदान गरिरहनेछु
१७ असोज,काठमाडौ । डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गोर्खालीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’
केही समयअघि मात्र जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी गठन गरेका थिए । नेसपाका अध्यक्ष समेत रहेका डा. भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावमा भाग लिने निर्णय गरेका थिए । त्यतिखेर उनले अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।
चुनाव नलडेपनि आफू राजनीतिमा सक्रिय रहने बताएका छन् । …