बुटवल उपमहानगरले सहमति पालना नगरेपछि स्थानीयले रोके ढुवानीग्राम जाने सडक
२३ वैशाख , काठमाडौ । बुटवल उपमहानगरपालिकाले पूर्वसहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले ढुवानीग्राम ठप्प पारेका छन् । स्थानीयको अवरोध गरेपछि नेपालकै पहिलो ढुवानीग्राममा मालबाहक साधन चल्न छाडेका छन् ।
स्थानीयले तत्काल बाटो निर्माण गर्न माग गर्दै बुटवल-१२ ढवाहामा सञ्चालित ढुवानीग्राम ठप्प पारेपछि दुईतर्फी मालवाहक सवारीसाधन रोकिएका हुन् । अवरोधपछि ट्रान्सपोर्ट व्यवसायीहरुले ढुवानीग्रामको चावी उपमहानगरपालिकालाई बुझाउने निर्णय गरेका छन् ।
उपमहानगरपालिकाले पूर्वपश्चिम राजमार्गबाट ढुवानीग्राम जाने बाटो समयमा निर्माण नगर्दा लामो समयदेखि हिलोधुलो सहनुपरेको तथा ठूला गाडीहरु आवतजावत गर्ने निश्चित बाटो नबनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले ३ दिनदेखि सडक ठप्प पारेका छन् ।
स्थानीयले …