धनराजको जितपछि पद्माले भनिन्- ‘बुथ कब्जा गरेर जित्नुभयो बधाई’
१८ मंसिर , काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा –२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई बधाई दिएकी छन् । उनले प्रतिस्पर्धी गुरुङ निर्वाचित भएपछि केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएको भन्दै सामाजिक सञ्जालमार्फत तीब्र आलोचनासहितको बधाई दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘आगामी दिन लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवं सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग र्पुयाउन सक्नुहोस्स् । न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुप्रयोग गरि प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो …