‘बुलबुल’ अमेजन प्राइममा
३१ साउन , काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् ।
अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले चलचित्र ‘बुलबुल’ हेर्न सक्ने निर्माता अवीरल थापाले जानकारी दिए । विनोद पौडेलको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी बर्देवालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘बुलबुल’ का निर्देशक विनोद बनाउँदै ‘रबर सिटी’
१६ मंसिर काठमाडौ । फिल्म ‘रबर सिटी’ निर्माण हुने भएको छ । चर्चित फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले दोस्रो फिल्मको ‘रबर सिटी’ घोषणा गरेका हुन् ।
‘बुलबुल’ बाटै निर्देशनमा डेब्यु गरेका उनले फिल्मको एक पोस्टर जारी गर्दै निर्माण प्रारम्भिक जानकारी दिएका हुन् । अमेरिकामा छायाङ्कन हुने बताइएको फिल्मका लागि अहिलेसम्म रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल कलाकारको रुपमा छानिएका छन् ।
यी दुबैको अलवा ‘साँघुरो’ फिल्मका अभिनेता सुशांक मैनाली पनि फिल्मको मुख्य भूमिकामा रहनेछन् । विनोदकै लेखन रहेको फिल्मका निर्माता अविरल थापा हुन् । फिल्ममा अंकित पौडेलको छायाङ्कन रहेनछ । निर्देशक …