चरेस र अफिमसहित दुई भारतीय पक्राउ
२८ पुष ,काठमाडौ । मकवानपुर प्रहरीले लागू औषध चरेस र अफिम सहित दुई जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।
प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ बाट चरेस र अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
थाहा९११ को टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुँदै भारत तर्फ लागूऔषध ओसारपसार भइरहेको छ भन्ने प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले अवैध लागु औषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम सहित २ जना भारतीय नागरिक पक्राउ गरेको हो ।
प्रहरीले भारतीय …
२५ लाख भन्दा बढि मुल्यको औषधी बोकेको कारसहित एक भारतीय पक्राउ
२० असार , काठमाडौ । जिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ सशस्त्र प्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ ।
बी।आर। ३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका ईक्वाललाई बरामद औषधी तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको छ ।
महोत्तरीबाट पेस्तोलसहित एक भारतीय पक्राउ
१ जेठ , काठमाडौ । महोत्तरीमा लोड गरिएको ह्यान्डमेड पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले चेकजाँचको क्रममा एकडारा गाउँपालिका– ४ हलखोरीस्थित सीमानाकानजिकैबाट हतियारसहित एक भारतीयलाई पक्राउ गरेको बताए।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सीतामढी बाजपट्टी गाउँ– ६ बस्ने २६ वर्षीय पप्पु यादव रहेको उनले बताए। उनको साथबाट ह्यान्डमेड पेस्तोल थान एक र सोमा लाग्ने गोली थान पाँच प्रहरीले फेला पारेको हो।
शनिबार राति प्रहरी चौकी हलखोरीबाट खटिएको गस्ती टोलीले भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा सवार निज यादवलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट हतियार …
नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ
४ पुष काठमाडौ । सर्लाहीको मलंगवा नगरपालिका-८ बाट नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
१ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई शनिबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।
बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल …
अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय पक्राउ
२८ मंसिर काठमाडौ । चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
२८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले …