६१ किलो सुन तस्करी प्रकरण : १६ जना पुर्पक्षका लागि थुनामा, तीन जनासँग मागियो धरौटी
२७ असार ,काठमाडौ । काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणको पुरक मुद्दामा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने तीन जनासँग धरौटी माग गरिएको छ ।
अदालतका न्यायधीश कपिलमणि गौतमको इजलासले एक साता लामो बहसपछि आज थुनछेक आदेश दिएको हो ।
इजलासले १७ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने प्रतिवादी राजु थापा भनिने प्रेमनाथ सेढाईँसँग ५७ लाख, थर्कमान लामा र रुपन भण्डारीसँग जनही ९६ लाख रुपैयाँ धरौटी माग गरेको बताइएको छ ।
धरौटी माग गरिएका तीनै जनाले आज धरौटी रकम बुझाएका छैनन् । सुन प्रकरणको दोस्रो चरणमा …