एनआइसी एसिया बैंकले पोखराबाट उद्घाटन गर्यो मास्टरकार्ड सेवा
१६ असार, काठमाडौ । एनआइसी एसिया बैंकले पोखराबाट मस्टरकार्ड डेविटकार्डको सुरुआत गरेको छ ।
योसँगै अब पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार यो सेवापछि कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्, उनले भने, हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो ।यसबाट राष्ट्रिय …