उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो हेलिकप्टर, ४ जनाको मृत्यु (नामावली सहित)
२३ साउन , काठमाडौ । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । हेलिकप्टर अरुण मल्लले उडाउका थिए । जसमा चार चिनियाँ सवार रहेको बताइएको छ ।
नुवाकोटका एसपी शान्तिराज कोइरालाले प्रहरी दुर्घटनास्थमा पुगेको बताए । उनले दुई पुरुष, एक महिला, र अर्का एकजना चिन्न नसकिने अवस्थामा रहेको बताए ।
यसैबीच नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ पठाइएको …
जीप दुर्घटनामा घाइते पुरूषको उपचारका क्रममा मृत्यु
२१ साउन , काठमाडौ । दाङमा जीप दुर्घटनामा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सल्यानको त्रिवेणी गाउँपालिका-३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । टाउको र छातिमा गम्भीर चोट पटक लागेका उनलाई उपचारका क्रममा गएराति करिब पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – …
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
श्रावन ३ ,काठमाडौ । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए । यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते भएका छन् ।
प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु …
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु
३ असार , काठमाडौ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको थियो ।
उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएको थियो । चेकजाँचको क्रममा डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।
गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु
१८ फागुन , काठमाडौ । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।
आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर जैसीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट …
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
१७ माघ, काठमाडौ । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. मा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
पूर्णागिरी कन्स्ट्रक्सन प्रा.लि.ले नेपाल विद्युत् प्राधिकरणबाट ठेक्का लिई लाइन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदार रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी …
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
८ माघ ,काठमाडौ । पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी. रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।
पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो ।
मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको छ । मोटरसाइकल चालक जी.टी.को दुर्घटनास्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ ।
प्राधिकरणको चरम लापरबाही : एक किसानसहित गोरुको मृत्यु
२४ मंसिर ,काठमाडौ । रौतहटमा बिजुलीको तार चुडेर खेत जोत्दै गरेको एक किसानसहित गोरुको ज्यान गएको हो।
जिल्लाको माधवनारायण नगरपालिका-७ लौकाहाका किसान बैजुलाल पंडित खेत जोत्दै गर्दा आकाशमात बिजुलीको तार चुडेर गोरूसहित पंडितको खेतमै मृत्यु भएको छ।
खेत जोत्दै गरेको किसान पन्डित र गोरुमाथि विजुलीको तार चुँडिएर खसेको थियो। स्थानीयले विद्युत कार्यालयका चरम लापरबाहीका कारण तार चुँडिएको भन्दै यतिखेर समाजिक संजालमार्फत कडा विरोध गरिरहेका छन् ।
जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
११ मंसिर , काठमाडौ । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए ।
नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’
चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको …
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु
३० कात्तिक , काठमाडौ । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । अल निनो वर्षाका कारण हजारौँ विस्थापित भएका छन् ।
आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए ।
सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् ।
केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ ।
ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि …