न्यायाधीश अधिकारीको इजलासमा रविको बयान सुरु

२८ पुष ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा शुरू भएको भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको इजलासमा रविको बयान सुरु भएको हो । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको पैसा गोरखा मिडियामा लगेर दुरुपयोग गरेको भन्दै रविसहित ३९ जनाविरुद्ध अभियोजन दर्ता गरिएको थियो।
सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला …

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

२८ पुष ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचतaअपचलन प्रकरणमा पुस २१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।
उनी आफै काठमाडौं अदालत उपस्थित भनेपछि कास्की प्रहरीले पार्टी र …

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै

४ कार्तिक, काठमाडौ । रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्ने भएको छ ।
गत शुक्रबार सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका पक्राउ सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ।
म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र …

रवि लामिछानेको चुनौती- मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन, झोला रेडी छ

८ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ ।
आज फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए ।
लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु …

गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु, म भागेको छैन : रवि लामिछाने

८ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनधिकृत रुपमा गोर्खा मिडियामा आएको पैसाको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् ।
मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै उनले गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी आफूले लिने बताएका हुन् । संसदीय विशेष छानबिन समितिले आफूले अनधिकृत रुपमा सहकारीबाट पैसा नल्याएको प्रतिवेदन दिएको पनि उनको भनाई छ ।
‘समितिले सहकारी ठगीमा मेरो संलग्नता छैन भनेको छ । समितिकै सभापति सूर्य थापाले अन्तर्वार्तामा भनिसक्नुभयो,’लामिछानेले भने, ‘म संस्थामा भएको बेला आएको पैसाको जिम्मेवारी लिन्छु । कार्यरत भएको बेलाको जिम्मेवारी लिन्छु, म भागेको छैन । समितिको …

आफूलाई पक्रन भनेरै पूर्वडीआईजी जोशीलाई समातिएको रवि लामिछानेको दाबी

८ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सकिन्छ कि भन्ने उद्देश्यले नै पूर्वडिआईजी छविलाल जोशीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।
मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै उनले सो दाबी गरेका हुन् । उनले जोशीको बयानबाट केही निस्कियो भने रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले नै उनलाई पक्राउ गरिएको जिकिर गरे ।
लाइभका क्रममा उनले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको भनेर सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले नै स्पष्ट गरेको जिकिर गरे।
यद्यपि, गोरखा मिडियामा आफू कार्यरत रहेको बेला आएको रकम खर्च भएको विषयमा भने आफूले जिम्मेवारी …

दुई पटक गृहमन्त्री बनेको हुँ, कानुनी प्रक्रियाबारे जानकार छु : रवि लामिछाने

८ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् ।
मंगलबार साँझ फेसबुक लाइभबाट पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले यस्तो बताएका हुन् । उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको बताए ।
तर, सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनले बताए ।
आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको उनको भनाई छ । आफू सहकारी ठगीमा संलग्न नभएको पनि उनको स्पष्टिकरण छ ।
उनले आफू दुई पटक गृहमन्त्री …

सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने

३१ भाद्र , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताएका छन्।
सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । समितिले संसद्‌मा प्रतिवेदन प्रस्तुत गरेपछि सभापति लामिछानेले सहकारी ठगीमा आफ्नोमा संलग्नता नरहेको दाबी गरे ।
सभापति लामिछानेले भने,’सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट र पुष्टि भएको छ । गोरखा मिडियामा सञ्चालन हुँदा कमीकमजोरी भएको भए जवाफदेही हुनुपर्छ । दुरुपयोग भएको विषयमा भाग्ने मानिस हामी होइनौं । मूल कुरा सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ ।’
सभापति …

मुकुलले रवि लामिछानेलाई छुरी हानेको हान्यै गर्दा ढकाललाई निष्कासन गर्न किन अल्मलियो रास्वपा ?

भाद्र ७ , काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रहार झन्-झन् कठोर बनाउँदै लगेका छन् । आज त उनले रविलाई सीधै ‘अपराधी’, ‘भ्रष्टाचारी’ र ‘ठग’ को संज्ञा दिए ।

रास्वपाले ढकालको साधारण सदस्यता खारेज गर्ने सन्दर्भमा अस्ति दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । पहिलो स्पष्टीकरण पार्टी सचिवालयका तर्फबाट र दोस्रो केन्द्रीय समितिका तर्फबाट मागिएको हो । ढकालले स्पष्टीकरणको जवाफ दिने क्रममा उल्टै सभापति लामिछानेमाथि लाञ्छनाको वर्षा गरेका छन् । दुवै स्पष्टीकरणमा उनले एकरत्ति पनि ‘रियलाइजेसन’ गरेको पाइँदैन ।

रोचक के छ भने, पार्टीका …

सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

७ भदौ , काठमाडौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध …

You Missed

टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको
११५ औं नारी दिवसको अवसरमा प्रहरी श्रीमती संघद्वारा उत्कृष्ट १९ जना महिला प्रहरीलाई सम्मान

Primary Color

Secondary Color

Layout Mode