शीर्ष नेता कोरोनासँग लड्दै, राजनीतिक गतिविधि ठप्प
२ माघ , काठमाडौं । पछिल्लो समय काठमाण्डौँ उपत्यकालगायत देशैभरी कोरोना संक्रमितको संख्या बढदै गएपछि राजनीतिक दलका गतिविधि ठप्प भएको छ । राजनीतिक दलका शीर्ष नेताहरु नै कोरोनाबाट संक्रमित भएपछि राजनीतिक दलका पूर्व निर्धारित कार्यक्रमहरुसमेत स्थगित गरिएको छ ।
सरकारले विद्यालय बन्द गर्नुका साथै सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएको छ । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आवश्यकताअनुसार लकडाउन गर्न सक्नेसम्मको अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिइसकेको छ ।
विभिन्न पार्टीका शीर्ष नेताहरु नै कोरोना संक्रमित हुन थालेपछि बैठक, सम्मेलन, भेला लगायतका कार्यक्रम स्थगित भएका छन् । …