भारतीय मिडियामा नेपालको राजनीतिक ‘उथलपुथल’लाई कसरी गरिएको छ व्याख्या ?
१८ असार , काठमाडौ । नेपालमा विकसित पछिल्लो घटनाक्रमबारे भारतीय मिडियामा पनि समाचार बन्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन लागेको विषयलाई भारतीय सञ्चारमाध्यमले भूराजनीतिक हिसाबले प्रस्तुत गरेका हुन् ।
त्यसो त, नेपालमा सरकार परिवर्तन हुँदा भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गर्दै आएका छन् । यस क्रममा उनीहरूले कुन दल भारतको अनुकूल छ र कुन दल चीनको अनुकूल छ भन्ने नजरले व्याख्या गर्दै आएका छन् ।
२०७९ पुस १० गते एमाले–माओवादी केन्द्रको गठबन्धनबाट माओवादीका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुँदा भारतीय सञ्चारमाध्यमले चीनको इसारामा सरकार बनाएको भनी प्रचार …
राजनीतिक दलका शिक्षकलाई कारबाही गर्न निर्देशन
९ वैशाख , काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईहरूलाई निर्देशन दिएको हो ।
केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले ७७ वटै जिल्लाका इकाईलाई परिपत्र गर्दै कारबाही गर्न भनेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेका छन् ।
ती …
राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहने
१२ कात्तिक , काठमाडौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा गए राति नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।
सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका …
हामीले देखेका सपनाहरु !
१ असोज , काठमाडौ । वास्तवमा हामीले देखेका सपनाहरु, सुनेका दन्त्य कथाहरु,भोगेका दैनन्दिनीहरु वास्तविकतामा परिणत त्यतिखेर हुन्छ जतिखेर नेतृत्व दृढ अठोटकासाथ अगाडि बढिरहेको हुन्छ !
सरकारको नेतृत्व गर्नेलाई केही जस अपजस त आइ नै रहन्छ , किनकी अहिले नेपालको राजनीति नै हरेक पार्टीमा खशी काटेर मासु भाग लगाएको जस्तो भागबन्डाको छ,तैपनि यसो सोच्दा, जीवनमा राजनीतिक र सामाजिक बाटो सांस्कृतिक र धार्मिक पाटोसँग मिल्दोजुल्दो भएपनि प्रजातन्त्र या गणतन्त्र आउनुपूर्व राजनीति भनेको यस्तो नशाको बाटो थियो कि जुन मार्गमा लाग्ने त्यागीहरुले न आफ्नो घरवार भने , न त परिवार नै, अर्कोतिर राजनीति त्यागको नाममा …
सर्वोच्चले भन्यो- टीकापुर घटना राजनीतिक होइन, जन्मकैद मिनाहामा गम्भीर प्रश्न
३२ साउन , काठमाडौ । टीकापुर घटनाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो । उक्त फैसलाको पूर्ण पाठ बुधवार सार्वजनिक भएको हो ।
‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, …
फोहोरको राजनीतिक अस्त्र
५ वैशाख , काठमाडौ । ‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं, फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौं -२९ साउनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत दिएको वक्तव्य हो, यो ।
फोहोर फाल्न नदिन बञ्चरेडाँडामा भएको आन्दोलनको पक्षमा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरूले जारी गरेको विज्ञप्तिको जवाफमा काठमाडौंका मेयरले ‘फोहोरको राजनीति’ नगर्न यसरी आग्रह गरेका थिए ।
११ महिनाअघि बालेन मेयरमा …
जनताको प्रश्न ! राजनीतिक स्थायित्व कहिले ?
१० फागुन , काठमाडौ । कांग्रेससँगको तिक्ततापछि बालकोटको सहमतिमा प्रधानमन्त्री बन्न पुगेका प्रचन्डकासामू अहिले गम्भीर प्रश्नहरु तेर्सिएका छन ।
प्रदेश तथा संघको केही महत्वपूर्ण पदहरुमा बाँडफाँड मिलेपनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेसले राष्ट्रपतिको आकांक्षा गर्नु, बिदेशीहरुको व्यापक चलखेलमा चीनको रोजाई कम्युनिष्ट , भारतीयहरुको रोजाई भरसक मधेशी दल अन्यथा आफूनुकूलको पात्र जसले तत्कालै नागरिकता बिधेयक पारित गरी सीमा विवादमा मौनता छावस, उता अमेरिकाको रोजाई देउवा वा अन्य पात्रहरु जसले चीनसँगको सम्बन्धबाट टाढा रहोस र एमसीसी परियोजना, एसपीपीलगाएतका योजनाहरुमा सहयोग गरोस ।
यी यावत कुराहरुको स्वार्थमा नेपाली राजनीति अल्झिएको छ र जतिसुकै क्रान्तिकारी पार्टीका …
सिंहको राजनीतिक हत्याको दुस्प्रयास : किर्ते कारवाहीको सिफारिस
२१ माघ , काठमाडौ । अनेरास्ववियुको २३औं महाधिवेशन हुन केहि दिन बाँकी छ । महाधिवेशनले एमाले निकट युवा तथा विद्यार्थीहरुमा चहलपहल बढेको छ ।
महाधिवेशनले अनेरास्ववियुको विद्यार्थी संगठनलाई मजबुद बनाएर पार्टीलाई शसक्त बनाउनका लागि नयाँ नेत्तृत्व चयन गर्नेछ । तर, यसैबीच अनेरास्ववियु केन्द्रिय कमिटीले कारणबीनानै केहि कन्द्रिय कमिटी सदस्यलाई कारवाही गरेको छ । जसको असर जिल्लादेखि केन्द्रसम्म परेको छ ।
केन्द्रिय कमिटीले बझाङ घर भएका अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य बिष्णु सिंहलाई कारण बिनानै कारवाही गरेको छ । उनी जिल्लादेखि केन्द्रसम्म फुटबलका प्ले र एम्बाफ्फे झै चर्चामा छन । तर, अनेरास्ववियुको २३ औं …