आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्दै रास्वपा
कार्तिक ११ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।
सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने रास्वपाले जनाएको छ ।
सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।
यस्तै शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको रिहाइको मागसहित थप …
रविलाई पक्राउ गर्न प्रहरी परिचालन, रास्वपाले बोलायो आकस्मिक भेला !
६ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो ।
प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । प्रहरीले रवि लाछिानेलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालतमा अनुमति मागेको छ। तर लामिछानेविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजिएको बताइएको छ ।
संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य …
रास्वपा केन्द्रीय समिति बैठक जारी
५ भदौ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन लगायत १० वटा विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
यसका साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम पनि बैठकका एजेन्डा रहेका छन् ।
निलम्बित महामन्त्री मुकुल ढकाललाई पाि पार्टीबाटै हटाउने तयारी गरिएको छ ।
रास्वपा परित्याग गर्नेको संंख्या बढ्दो, एकैदिन ६० जनाले छोडे !
३ भदौ, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नेको संख्या बढ्न थालेको छ ।
सोही क्रममा दाङमा सोमबार मात्रै ६० जनाभन्दा बढी युवाले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरुले सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टी छोडेका हुन् ।
पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरे ।
रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको उनीहरुको आरोप छ …
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
२९ साउन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आज बिहान सवा १० बजेबाट सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा संसदीय गतिविधि, पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रम, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा आफ्नो धारणा बनाउने बताइएको छ ।
उपसभामुखको बचाउमा उत्रियो रास्वपा, भन्यो – धेरै दलका नेताले भिसाकै लागि सिफारिस गरेको पाइयो
६ साउन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभामुख इन्दिरा रानामगरको बचाउमा उत्रिएको छ ।
रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको भन्दै उपसभामुख इन्दिराको बचाउमा उत्रिएको हो ।
रास्वपाले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रबारे जानकारी पाउनेबित्तिकै सोधखोज गरेको जनाएको छ ।
‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो। सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल …
इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय
२८ फागुन , काठमाडौ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए ।
सोही समयमा बझाङको प्रदेशसभा ९१० मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।
बझाङको प्रदेशसभा ९१० बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त …
भ्रष्टाचारका फाइल रास्वपाका सांसदको खोलियोस् : रवि लामिछाने
६ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा न उनले नैतिकताको आधारमा राजीनामा दिएको न कुनै कारबाहीको छनक दिएको भन्दै यसबारेमा प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे ।
‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भएपनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ’, रवि लामिछानेले भने, ‘ नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि …
सहकारीको समस्या सल्टाउने रवि लामिछानेको मोडल
७ माघ ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेले शनिबार चितवनमा सहकारी पीडितहरुसँग सघन अन्तरक्रियामा थिए । कार्यक्रममा ‘रविले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ’ भनेको बताउँदै कतिपयले समाचार लेखे । तर, रविले बोलेको भिडियो सुन्दा उनले सरकारले जिम्मेवारी लिनुपर्छ भनेको मात्र सुनियो ।
‘कानुनीरुपमै यसलाई ठीक नगरिकन हुँदैन । सरकारले लाइसेन्स दिएको, सरकारले चलाउने अनुमति दिएको सहकारीमा पैसा जम्मा गरेपछि त्यो जम्मा भएको पैसा फिर्ता दिलाउने काम सरकारको हो,’ रविले भनेका थिए, ‘चाहे तिनलाई समातेर होस्, तिनलाई थुनेर होस्, तिनलाई बोलाएर होस्, तिनका जग्गाजमीन बेचेर होस्, …
बर्दियामा रास्वपाका करिब दुई दर्जन कार्यकर्ताले छाडे पार्टी
१ माघ ,काठमाडौ । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।
पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरू नयाँ भनिएको दलमा स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको जनाइएको छ ।
उनीहरूले पार्टीका बर्दिया जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पार्टी परित्यागको पत्र क्षेत्र, प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइएको छ । तर …