उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित
१३ फागुन , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
थपिए २७५ जना कोरोना संक्रमित
१३ फागुन , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित
१२ फागुन , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित
०९ फागुन , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २४७ र २ हजार ९१५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १२०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९७ दशमलब ६ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकामा थपिए १ हजार ७२२ नयाँ संक्रमित
१७ माघ , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँमामात्र १ हजार ३६१ संक्रमित थपिएका छन् । भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २७१ संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण …
भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित
५ माघ , काठमाडौँ । नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।
पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।
भारतमा ओमिक्रोनबाट २०० संक्रमित
६ पुष काठमाडौ । नयाँ दिल्लीरभारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन् ।
ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन् ।
त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना संक्रमित भेटिएका छन् । त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ …
२0५ जनामा कोरोना संक्रमित
१९ मंसिर काठमाडौ । थप २ सय ५ जनामा कोरोना (कोभिड(१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ४५ सय ४४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ जना पुगेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै
२८ साउन ,काठमाडौ । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा सरकारी अस्पताल भरिन थालेका छन् ।
कोरोना परीक्षणको ५० प्रतिशत भन्दा बढीलाई पोजेटिभ देखिएको कास्कीको बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । उनकाअनुसार दैनिक संक्रमण र मृत्यु दर बढिरहेको छ ।
विहीबार मात्रै कास्कीमा ३ सय ५२ जनाको परीक्षण गर्दा २ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेश राजधानी पोखरामा रहेको ५० शैयाको कोरोना विशेष अस्पतालमा बिरामीहरुलाई आइसीयू र भेन्टिलेटरकै अभाव हुन थालेको छ ।
कोरोना संक्रमितलाई लक्षित गर्दै पश्चिममाञ्चल क्षेत्रीय अस्पतालमा शुरु गरिएको …
‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिए
६ असार, काठमाडौ । दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् ।
दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित …