रास्वपाका प्रवक्ता झा भन्छन् – दुई दिनको पानीले यो सरकारको औकात देखाइदियो !

१३ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनिष झाले दुई दिनको पानीले वर्तमान सरकारको औकात देखाइदिएको टिप्पणी गरेका छन् ।
आज बसेको रास्वपा केन्दीय समितिको बैठकपछि बोल्दै कार्यबाहक प्रवक्ता झाले यस्तो बताएका हुन् । उनले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरे।
जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उनले आरोप लगाए । रास्वपाका सभापति रवि लामिछाने र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको उनले बताए ।
उनले असोज १७ रास्वपा सरकारमा हुँदा बाढीको जोखिम रहेको छ भनेर …

दसैँ तिहारका लागि चिनीको जोहो गर्दै सरकार

२६ साउन ,काठमाडौं । सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी सरकारले गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरव्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोटगरी चिनी खरिद गर्न पत्राचार गरेको थियो ।
भारत सरकारले गत वर्षको दसैँतिहारमा नेपाललाई दिने भनेको २५ हजार मेट्रिक टन कोटाको चिनी गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् । अहिले बजारमा चिनी अभाव हुन थालेपछि विभागले …

‘राष्ट्रिय सहमतिको सरकार’ मा तीन दललाई ढोका बन्द !

२८ असार ,काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउने घोषणा गरेका छन् ।
तर, उनीहरुको ‘राष्ट्रिय सरकार’मा तीनवटा पार्टीलाई भने ढोका बन्द गर्ने कांग्रेस–एमालेको रणनीति रहेको बुझिएको छ ।
संविधान संशोधन आजको आयश्यकता भएकाले दुई तिहाई बहुमतसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने कांग्रेस र एमालेका नेताहरुले बताउने गरेका छन् । तर, केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा प्रचण्ड, रवि लामिछाने र माधव नेपाललाई भने ‘इन्ट्री’ नगराइने एमालेका नेताहरुको अनौपचारिक भनाइ छ ।
त्यसो त नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय सहमतिको सरकारमा आउन एमाले कांग्रेस दुबै …

सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय

१८ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने सचेतक परियारले बताए । रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।
प्रमुख सचेतक परियारले भने,‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट …

चक्रपथ विस्तार गर्न जनदवाव

१७ असार, काठमाडौ । वि.सं.२०७३ सालमा नेकपाको सरकार हुँदा च्रकपथ विस्तारको कार्यक्रम अगाडि बढाइएको थियो र केही किलोमटर चक्रपथको काम सकिएको पनि थियो ।
त्यसपछि सरकार गिराउने र फेरि बन्ने राजनीतिक अस्थिरताको कारणले गर्दा कलंकीबाट चक्रपथ महाराजगञ्जसम्मको सडक विस्तार गर्ने काम विदेशी कम्पनीलाई ठेक्का दिए पनि राजनीतिक इगोका कारण उक्त काम केही मात्र अगाडि बढ्न सकेपनि पछि बन्दै जस्तो भयो र यसको उपलब्धि भनेको जनतालाई धुँवा र धुलो मात्र भयो भन्दै आम जनताहरु सरकारदेखि रुष्ट बनेका छन् र यसलाई समयमा नै सरकारले सम्पन्न गरोस भन्दै केही राजनीतिक दलका नेताहरुको नेतृत्वमा हिजो …

नेपालमा सामाजिक सञ्जाल दर्ता रोक्न भन्दै सरकारलाई फेसबुक-गुगल सहितका संस्थाको पत्र

२ चैत , काठमाडौ । एसिया इन्टरनेट कोलिसन (एआईसी) ले नेपाल सरकारलाई देशमा तत्काल सामाजिक सञ्जालका प्लेटफर्म दर्तामा रोक लगाउन अनुरोध गरेको छ । मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्र पठाउँदै एआईसीले सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) सम्बन्धी विधेयकले ​अन्तिम रूप नपाएसम्म सामाजिक सञ्जालका प्लेटफर्महरूको दर्तामा रोक लगाउन अनुरोध गरेको हो ।
विधेयकमा उल्लेख प्रावधानले विभिन्न चुनौती निम्तिने भन्दै एआईसीले यसबाट देशको डिजिटल अर्थतन्त्रलाई पनि असर गर्ने चेतावनी दिएको छ ।
नयाँ कानूनले सामाजिक सञ्जाल प्लेटफर्मका कम्पनीहरूलाई नेपाल सरकारलाई थुप्रै निजी जानकारी दिन बाध्य पार्ने तथा नेपालमा सामाजिक सञ्जाल प्लेटफर्मका …

सिके राउतको खुलासा- बालेनलाई पक्राउ गर्ने सरकारको योजना थियो

२९ फागुन , काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सरकारले पक्राउ गर्ने योजना बनाएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले खुलासा गरेका छन् ।
गत भदौ १६ गते मेयर बालेनले महानगरको गाडी सरकारले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । उनले भनेका थिए(‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु ।’
मेयर बालेनको उक्त अभिव्यक्तिपछि उनलाई पक्राउ गर्ने सरकारले योजना बनाएको तर आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पक्राउ गर्नु हुँदैन भन्ने अडान लिएपछि सरकार पछि …

सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र

९ माघ , काठमाडौ । नेकपा एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा प्राप्त भएका जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलले मध्यपहाडका समस्या, सम्भावना र चुनौती समेटिएका ७५१ वटा मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले …

ओलीको प्रश्न : यो सरकारले पोखरा र भैरहवाबाट किन प्लेन उडाउँदैन ?

२४ मंसिर ,काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र भैरहवामा बनाएको विमानस्थलबाट अहिलेको लुते सरकारले प्लेन किन नउडाएको भनेर प्रश्न गरेका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले सरकारलाई आफूले यस्तो प्रश्न गरेका हुन् । त्यसक्रममा ओलीले आफूले बोलेको कुरालाई लिएर पत्रपत्रिकाले ओलीको अत्यन्तै गम्भीर टिप्पणी भनेर प्रश्न गरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘मैले बोल्दै नबोलेको कुरालाई लिएर चीनसँग निकटता राख्यो भने अप्ठेरो पारिहाल्छन् भनेर भने, के हो यो ? यस्तो भन्न पाइन्छ रु चीनसँग निकटता राख्न पाइन्छ र रु भनेर छाती पिटीपिटी …

पाँच वर्षदेखि निष्क्रिय ३ वटा विकास समिति व्यूँताउँदै सरकार

३ मंसिर , काठमाडौ । पाँच वर्षदेखि निस्क्रिय रहेका तीन वटा विकास समिति सरकारले व्यूताउँने प्रक्रिया अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेका उपेक्षित उत्पीडित दलितवर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र बादी समुदाय उत्थान विकास समिति व्यूताउँने प्रक्रिया अघि बढेको हो ।
मन्त्रालयले तीन वटै समितिका गठन आदेश पहिलो संशोधनमार्फत संशोधन गर्दै विकास समिति गठनको प्रक्रिया अघि बढाएको जनाएको छ । जसमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७९, पिछडिएको समुदाय उत्थान विकास समिति (गठन) (पहिलो संशोधन) …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode