सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक उत्वस मनाइयो
१७ असार, काठमाडौ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन कम्पनीले विविध कार्यक्रमको आयोजनाबीच प्रथम वार्षिकोत्सव मनाएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न सन्देशमूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर–भद्रकाली–जमल हुदै पुन ः कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उद्धेश्यले नेपाल रेड क्रस सोसाईीसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको …