समर्थकहरूलाई पूर्वप्रधानमन्त्री हसिनाको आग्रह – सार्वजनिक रूपमा उपस्थित हुनू

३० साउन , काठमाडौ ।  अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।
आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन उनले राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन् । ‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु,’ उनले लिखित विज्ञप्तिमा भनेकी छन् ।
आरक्षणलाई लिएर भएको आन्दोलन चर्किएपछि उनी प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भागेकी थिइन् ।

मुगुमा २४ घर र गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरी गर्‍यो सार्वजनिक

२३ असार , काठमाडौ । मुगुको मुगम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा भएको २४ घर र सार्वजनिक गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मुगुले जेठ १२ गते राति बिष्णु बहादुर बुढासहित ७÷८ जना व्यक्तिहरूको समुहले हातहतियारसहित गाउँमा गोली पड्काएर स्थानीयहरुलाई कुटपिट गर्नुका साथै डरत्रासमा राखेर लुटपाट गर्नेलाई सार्वजनिक गरेको हो ।
सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना, अन्दाजी ३५ तोला सुन, चाँदी ९९४।५ तोला, बुद्धको मुर्ति २ वटा, रिणमोक्षको मुर्ति वटा १, मुगाको माला अन्दाजी ९५ …

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कहिले कुन विषय ?

१८ असार, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ ।

यसअघि दुई विषयसम्म ननग्रेड प्राप्त गरेकालाई मात्र पूरक परीक्षामा सहभागी गराइने भएकोमा विशेष निर्णय गरेर नियमित परीक्षामा सहभागी भई सबै विषयमा ग्रेड प्राप्त गर्न नसकेका साथै अनुपस्थित भएका सबै परीक्षार्थीहरूलाई समेत पूरक परीक्षामा सामेल गराउने निर्णय भएको नियन्त्रकले बताएका छन् ।
यस्तो छ पुरक परीक्षाको तालिका:-

खस्किएको शिक्षा क्षेत्र !

१४ असार, काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईई २०८० को नतिजा यही असार १३ गते सार्वजनिक गर्यो । बोर्डले यसपटक नयाँ गे्रडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ ।
जम्मा सहभागी ४ लाख ४४ हजार ८५ विद्याथीैमा २ लाख ४२ हजार ९२ अर्थात् ८६ प्रतिशतले माात्र ग्रेडिङ्ग प्राप्त गरेको पाइयो । तर ५२.१४ प्रतिशत विद्यार्थी भने ननग्रेड भएसँगै तिनको भविश्य कता जान्छ भन्ने कुरामा अन्योलता छाएको छ ।
खासमा यस वर्ष सैद्धान्तिकतर्प ५ पुर्णाकंमा ३५ अंक प्राप्त नगरेका विद्यार्थी नन ग्रेडमा परेका हुन् । तर दुई विषयमा एनजी पाएका विद्यार्थीले …

एसईईको नतिजा सार्वजनिक : नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ)

१३ असार , काठमाडौ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२  (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड (एनजी) भएका छन्।
यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् । यस वर्षदेखि …

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

२६ जेठ , काठमाडौ । महलको वन रैछ बोलको देउडा गीत सार्वजनिक भएको छ ।
अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईको शब्द धर्मराज भट्टराईको लय र सुनिल नेपाली तथा गौरी भट्टको स्वरमा रहेको गीत बजारमा आएको हो ।
विदेशबाट छुट्टीमा घर जाँदा कुनै मेला पर्वमा आफ्ना बालापनका दौतरीहरु भेट हुँदा के कस्ता कुराकानी होलान् भन्ने विषय परिकल्पना गरेर गीत तयार गरिएको छ ।

नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब

१२ जेठ , काठमाडौ । नेपालले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । ‘चालु आर्थिक वर्ष २०८० र ८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ’, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख …

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक

४ मंसिर , काठमाडौ ।  इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ । 
आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुईजनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो ।

ती दुई जनामध्ये एकजना नेपाली र अर्का एकजना थाइ नागरिक भएको उल्लेख गरिएको छ । तर उनीहरु को हुन् र अहिले कहाँ छन् भन्ने बारेमा केही खुलेको छैन । उनीहरूलाई घाइते अवस्थामा
उक्त भिडियोमा हमासले एकजनालाई स्ट्रेचर र अर्का एकजनालाई घेरेर अस्पतालभित्र लगिएको देख्न सकिन्छ । उनीहरूलाई लगिएको अस्पताल गाजास्थित अल सिफा रहेको उल्लेख गरिएको छ । 

गत असोज २० गते हमासले इजरायलमाथि एक्कासि …

दिमाग खराबको ‘हजुरी’ सार्वजनिक

२३ कात्तिक , काठमाडौ । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराबुले नयाँ गीत रिलिज गरेको छ । ुहजुरीु बोलको सार्वजनिक गीतमा जयन जे वाइवाको शब्द-संगीत तथा स्वर रहेको छ । गायनमा उनलाई मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र दयाहाङ राई देख्न सकिन्छ ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठ्ठीभरका मानिसको कठपुतली भईंदिँदा भूईंमान्छेले अपनत्व महसुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको फिल्मको गीतले भुईँ मानिसको पीडालाई व्यक्त गरेको छ ।
सिनेमा आर्ट्स …

‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्य समेटेर ‘प्रिभ्यू’ सार्वजनिक

२९ असोज , काठमाडौ । शनिवारबाट प्रदर्शनको तयारीमा रहेको ‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्यहरू समेटेर ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ ।
प्रिभ्यूमा विपिन कार्कीलाई देखाइएको छ । सानो अंशमा आँचल शर्मा पनि छन् । शर्मा चलचित्रको सुटिङका लागि पशुपति क्षेत्रमा पुगेको दृश्य देखाइएको छ । भने विपिन त्यहाँ घुम्दै पुगेको देखिन्छ ।
टुकी आर्टसको प्रस्तुतिमा तयार पारिएको चलचित्रको ट्रेलर असोज २२ गते सार्वजनिक गरिएको थियो ।
‘पशुपति प्रसाद २–भष्मे डन’ सात वर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल हो।
चलचित्रलाई निर्माता खगेन्द्र लामिछानेले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंको …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode