ठमेल र सोह्रखुट्टे क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ, जाँदै थिए क्रोएसिया !
१६ असोज , काठमाडौ । काठमाडौंको सोह्रखुट्टे र ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयको टोली गैरकानुनी तरिकाले बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो । गैरकानुनी तरिकाले बसिररहेका उनीहरूले शंकास्पद् गतिविधि गरिरहेको सूचना पाएपछि कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान तयारी रहेको बयान दिएको बताइएको छ । काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान पठाएको छ ।
सोह्रखुट्टे- नयाँ बजारमा सडक भाँसियो, मोटरसाइकल खाल्डोभित्र
१९ असार , काठमाडौ । काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएको छ । सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ । मोटसाइकल चालक सकुशल रहेका छन् । तर माेटरसाइकल भने अझै भेटिएकाे छैन ।
सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे सडक भाँसिएको थियाे । भाँसिनेवित्तिकै माेटरसाइकल चालक खाल्डाेमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।
भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली जाँदैछ ।