रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
१७ असार, काठमाडौ । बाल यौन दुरुपयोगको मुद्धामा तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको हो । यसअघि दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको थियो ।
बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए । तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो ।
अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय …