५० लाख जरिवाना र एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

२२ असार , काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयन अन्तर्गत लेनदेन बिगो मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षीय राजाराम खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “काठमाडौँ अदालतबाट विसं २०७९ असोज ६ गते बिगो रु ५० लाख प्रतिवादीबाट भराउने फैसला भई उक्त विगो बमोजिम एक वर्ष कैद हुने फैसला भएपछि खत्री फरार थिए ।”
पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए ।

You Missed

टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको
११५ औं नारी दिवसको अवसरमा प्रहरी श्रीमती संघद्वारा उत्कृष्ट १९ जना महिला प्रहरीलाई सम्मान

Primary Color

Secondary Color

Layout Mode