- Home
- Showing Post From:-कर्णाली
कर्णाली
काठमाडौँ : नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले आज बागमती प्रदेश प्रहरी कार्यालयको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई पुर्ण व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले मात्रै प्रहरी संगठनको गरिमा बढाउन सक्ने भएकोले हरेक प्रहरी कर्मचारीहरुले असल आचरणको पालना गर्दै समय सापेक्ष कार्यक्षमता अभिवृद्दि गरी आफ्नो तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट वहन गर्न जोड दिनुभएको छ ।
आम नागरिकहरूको प्रहरी प्रतिको विश्वास र भरोसालाई आत्मसाथ गर्दै नागरिकहरुले प्रत्यक्ष अनुभुती गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह …
काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको …
भक्तपुर । प्रहरी निरीक्षकको पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको अभियोगमा भोजपुरका एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको भक्तपुर जिल्लाका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले बताए । ।
डिएसपी न्यौपानेका अनुसार, पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी हुन् ।
उनले आफू प्रहरी निरीक्षक (ईन्सपेक्टर) भएको भन्दै मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखी सर्वसाधारणलाई झुक्याउँदै आएका थिए ।
गएको २०८२ साल जेठ ६ गते राति करिब ९ः३० बजे, मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिब्यश्वरी नेवा भुटु रेस्टुराँ अगाडिको सडक खण्डमा उनले …
काठमाडौँ : प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभयो ।
मकवानपुरगढी, मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले बताए ।
सोमबार बिहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागुऔषध गाजा ओसारप्रसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाजा बरामद गरेको हो ।
एसपी खड्काले बताए अनुसार उहाँले गाडीको …
नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ। मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो।
यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।
यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र …
आकास हेरेर सपना बुनेँ सपनामा कुदिरहेँ
धर्तीमा हेरेर जाँलहरू बुनेँ आफै फसीरहेँ
आफ्नै संसारमा अनिकाल सृजना गरेँ
बिकृति अस्वभाबहरूमा माया म बिकेँ ।।
समय हेरेर सम्बन्ध गासेँ सम्बन्धमा हिडिरहेँ
सम्बन्धले आफ्नै ब्यथाहरूको कथा खोजिरह्यो
आफ्नै संसारमा एकांक कथा सृजना गरेँ
आफ्नै ब्यथाका कथाहरूमा माया म बिकेँ।।
बिश्वास हेरेर बिचार बनाए बिश्वासमा
हिडिरहेँ
बिश्वासकोअर्थ हरायो बिचारमा बिश्वास खोजिरहेँ
अनि आफ्नै बिचलित बिचारमा बिश्वास बनाएँ
आफ्नैं बिश्वासको विचारमा माया म बिकेँ।।
नियति बुझेर यथार्थ हेरे समयमा हिडिरहेँ
नियतिको नियतहरायो यथार्थतामा खोजिरहेँ
अनि संकै संकाको पहाडमा यथार्थ बनाएँ
आफ्नै आँखाको रंङ्गहरुमा माया म बिकेँ।।
बिश्वस छैन कथाहरूमा पात्र बन्ने बाध्यता छ
रहर छैन कथाहरूमा ईच्छा बन्ने बाध्यता छ
आफैलाई बेचेर खुशीहरू लिलाम …
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ । ट्राफिक प्रहरी कार्यालयले फागुन महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै प्रहरी साहायक निरीक्षक कृष्ण प्रसाद लुइटेल सम्मान गरेको हो ।
साे कार्यालयले काठमाडौँ उपत्यकामा हुने भीभीआईपी र भीआईपीको सवारी लगायत उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सरल र सुरक्षित बनाउन अहम भूमिका निर्वाह गरेबापत लुइटेललाई ‘फागुन महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको ट्राफिक प्रमुख एसएसपी बिनोद घिमिरेले बताएका छन्।
एसएसपी घिमिरेका अनुसार असई लुइटेलले विभिन्न आपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना गरी फरार सवारी साधनहरूलाई खोजतलास गरी कारबाहीको दायरामा ल्याउने, …
आफैलाई भुलाईदिन्छु भावनामा घुमाएँर
आफैलाई बगाईदिन्छु आँशुहरू बनाएर
बिश्बासका घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
दिनहरूमा झुट्टासपना बोक्ने बानिपरिसक्यो
रातहरूमा कल्पीकन बाँच्ने बाँनी परिसक्यो
सत्यताको घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
सम्बन्धमा खोट देख्ने आँदत राम्रै बसिसक्यो
चलन भित्र चल्नुमा स्वार्थ आफ्नै बनिसक्यो
अपनत्वको घेराहरू आफैले बिगारिसकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
कस्तोप्रकारको खोटआयोआफैलाई वगाँउने
आफैमाथि बिश्वास नहुने बिचारमा हिडनुपर्ने
गलत हो जान्दा जान्दै विवसतलाई स्विकारी सकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
प्रेम केहोआर्कषण केको ब्यथाभित्रभिन्न छन्
बिबेक केहो बिश्वास केहो कथाभित्र भिन्न छन्
परिभाषा भिन्न ब्याख्या भित्र अबस्थामा मिलीसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।