१० डीएसपीहरुको सरुवा, जनसेवा, दोलखा, बुटवल, काँकडभिट्टा र गजुरीमा नयाँ डीएसपी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतोलाई पठाइएको छ ।
प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाही, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामा, गजुरीमा विकाश थापा र जिल्ला प्रहरी कार्यालय चितवनमा रवीन्द्र खनाललाई सरुवा गरिएको छ ।
रसुवामा कार्यरत केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ ।
बुटवलमा कार्यरत विजयराज पण्डितलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा गरिएको छ । काँकडभिट्टामा कार्यरत डीएसपीलाई …

प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न एआईजी तामाङको निर्देशन

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका ट्राफिक प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै एआईजी तामाङले ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने गरेको वर्तमान अवस्थामा हरेक नागरिक सम्मानको भागिदार हुने …

नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त, कीर्तिपुरको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नव-निर्मित कार्यालय भवनको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा प्रहरी कर्मचारीलाई सकरात्मक उर्जा प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो ।
नेपाल प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अपराध अनुसन्धान भएकाले प्रहरी कर्मचारीले नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो । …

अपराध नियन्त्रण, शान्तिसुरक्षाको लागी कुनै प्रकारको सम्झौता हुदैन: एसपी रामेश्वर कार्की

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले जिल्लाको कमाण्ड सम्हालेसँगै जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन्।
सिन्धुपाल्चोक जिल्लाको प्रहरी प्रमुखमा पदबहाल भएसँगै एसपी रामेश्वर कार्कीले पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् । अपराध र अपराधीक गतिविधिलाई जरैदेखी उखल्ने सक्ने साहस भएका एसपी कार्की कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने उनी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् ।
एसपी कार्कीले सिन्धुपाल्चोक जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा …

एसएसपी रमेश बस्नेतले सम्हाले अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।
आज शुक्रबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । केहीदिन अघि मात्र एसएसपी बस्नेतलाई गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा सरुवा गरेको हो ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विभिन्न जिल्ला तथा महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका …

एसपी अपिल राज बोहराले पाए काठमाडौं प्रहरी परिसर प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले हिजो बुधबार एसपी बोहरालाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न बोहरालाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.npमा सम्पर्क गर्न सकिन्छ।

एसएसपी विश्व अधिकारीले जिल्लावासीको शान्ति सूरक्षामा चौबिसै घण्टा क्रियाशील रहन निर्देशन

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले समग्र जिल्लावासीमा शान्ति सूरक्षाको प्रत्याभूती र अनुभूती गराउन चौबिसै घण्टा कुनै कसर बाँकी नराखी क्रियाशील रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार परिसर पुगेर पदभार ग्रहण गरी परिसरका सिनियर प्रहरी अधिकृत तथा मातहत वृत्त, प्रभागहरुका ईन्चार्जहरुसंग परिचयात्मक अन्तरक्रिया गरी एसएसपी अधिकारीले आवश्यक निर्देशन दिएका हुन् ।
एसएसपी अधिकारीले नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको बहुआयामिक कार्यक्षेत्रभित्र मूलभूत रुपमा अपराधको प्रभावकारी रोकथाम तथा अपराधको सफल अनुसन्धानको माध्यमबाट क्रियाशिल रहन निर्देशित गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षकको …

उत्कृष्ट काम गरेर पर्साबासीको मन जितेका एसपी कुमोद ढुंगेलको भव्यताका साथ पर्साबाट विदाई

वीरगन्ज । ११ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल पर्साबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट तस्करी नियन्त्रण र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै पर्साबासी जनताको मन जित्न सफल भएका ढुङ्गेल आज पर्साबाट बिदा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा आज आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी ढुंगेलले पर्साबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए ।
एसपी कुमोद ढुंगेल अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो …

काठमाडौं परिसरमा एसएसपी विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेतको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना एसएसपीहरुको सरुवा गरेको छ।
गृह मन्त्रालयको आज साँझको निर्णय अनुसार १८ जना एसएसपीहरुको सरुवा सुची निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा एसएसपी विश्व अधिकारी तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रमेश बस्नेतको सरुवा भएको छ। अधिकारी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।
काठमाडौंमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ भने उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
एसएसपी दिपेन्द्र जिसीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको छ।

मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन

मकवानपुर: सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ ।
जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्तप्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको मकवानपुर जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीले बताए ।
उक्त अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाइ ‘शुभ–यात्रा मात्रै नभनी नमस्कार, आरामै , पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरुको विवरण समेत राख्छौ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी …

You Missed

१० डीएसपीहरुको सरुवा, जनसेवा, दोलखा, बुटवल, काँकडभिट्टा र गजुरीमा नयाँ डीएसपी
नाबालिका छोरीसहित आमाले फालिन् पोखरीमा हाम, शिशुको मृत्यु !
पोखरा महानगरमा अर्बौं अनियमितता, अख्तियार प्रभावमा परेको आशंका !
गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु
प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न एआईजी तामाङको निर्देशन
तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
जनयुद्धलाई मेटाउन प्रयास गर्नेहरु खरानी हुने प्रचण्डको चेतावनी

Primary Color

Secondary Color

Layout Mode