काठमाडौं । जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा–२०८३ धर्मस्थलीमा सम्पन्न भएको छ।
उप–क्षेत्र–३, धर्मस्थली अन्तर्गतको साधारण सभा २०८३ असोज १७ गते शनिबार बिहान १० बजे धर्मस्थली सामुदायिक भवनमा आयोजना गरिएको हो। सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्य सेवा तथा आगामी योजना र कार्यक्रमका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा तारकेश्वर नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भक्तिनारायण महर्जन विशेष अतिथिका रूपमा सहभागी थिए।
सभामा संस्थाका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।









