Comments Add Comment

Advertisment

SKIP THIS

स्वास्थ्य

List Grid
तारकेश्वर नगरपालिका वडा ६ मा नगर अस्पतालको शिलान्यास सम्पन्न

तार्केश्वर ,१८ असार । तार्केश्वर नगरपालिका, वडा नम्बर ६ मा नयाँ नगर अस्पतालको शिलान्यास भएको छ। उक्त शिलान्यास कार्यक्रम आज सम्पन्न भएको हो।
कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, स्वास्थ्य प्रमुख बिनोद, वडा नं. ६ का कार्यवहाक वडा अध्यक्ष सहित सम्पूर्ण वडाका अध्यक्षहरू, नगरपालिकाका कर्मचारीवृन्द तथा इन्जिनियरहरू उपस्थित थिए।
शिलान्यास पश्चात मेयर कृष्ण हरि महर्जनले अस्पतालको निर्माण कार्य छिटै नै पूरा गरिने आश्वासन दिए। उनको भनाइ अनुसार, यस अस्पतालले नगरवासीहरूको स्वास्थ्य सेवामा ठूलो सहयोग पुर्याउनेछ।
नगरपालिका प्रशासनले उपस्थित सबै अतिथिहरू, कर्मचारी तथा ठेकेदार पक्षलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन …

स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग : स्वास्थ्यकर्मी ट्रेड युनियन

७ बैशाख, काठमाडौ । स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गनुपर्ने माग राखी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

संघियतालाई सफल रुपमा कार्यान्वयन गर्न लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गनुपर्ने तर हालसम्म पनि औपचारिक रुपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया समेत नगरेकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुुट्टै स्वास्थ्य सेवा ऐन ल्याउनु पर्ने खतिवडालाई ध्यानाकर्षण गराएका छन ।

ध्यानाकर्षणमा संयुक्त निजामती कर्मचारी टे«ड युनियनहरुले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गनुपर्ने माग प्रति गम्भिर ध्यानाकर्षण भएको र निजामती टे«ड युनियनहरुको …

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा

१ माघ, काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।
त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय …

बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ

रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन् ।
खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो ईन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् । उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गर्न सफल भएको थियो । खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान …

मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेस, अफिम र गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ: मकवानपुरबाट लागु औषध चरेस र अफिम सहित २ भारतीय पक्राउ परेका छन् । प्रहरीले २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्द नगर घर भएको २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनिस कुमार रहेका छन् ।
एसपी खड्काका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शनिवार बिहान २ बजे थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डे …

९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ

काठमाडौं । ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
एसएसपी अधिकारीका अनुसार गएको पुस २२ गते दिउँसो साढे १२ बजे धापाखेलस्थित सम्झना बुढामगरको घरमा प्रवेश गरी उनीहरूले कुटपिट गरी नगद तथा गरगहना लगेका आरोप छ । उनीहरूले बुढामगरले कानमा लगाएको सुनको बेरुवा रिङ, सुनको औँठी र सुनको सिक्री डाँकागरी लगेका थिए ।
उनीहरुको साथबाट डकैती गरेर लगेको सुनका गरगहना र २५ हजार …

तार्केश्वर सिटी हस्पिटलले नि:शुल्क स्वास्थ्य शिविर गर्दा एकै दिनमा ३९३ जनाले उपचार गरे

२८ पुष ,काठमाडौ । काठमाडौको तार्केश्वर ४ मा रहेको तार्केश्वर सिटी हस्पिटलले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

तार्केश्वर सिटी हस्पिटल र सृजनशील महिला समाज नेपालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर तार्केश्वर ४ को सानोपुल अवस्थित रहेको तार्केश्वर सिटी हस्पिटलमा  सम्पन्न भएको थियो ।

नि:शुल्क स्वास्थ्य शिविरमा आखा परीक्षण ,हाड जोर्नी तथा नसा, दात परीक्षण, नाक,कान,घाटी , बाल रोग , गाईनकोलजी ,फिजिसियन, सर्जरी साथै स्थन क्यान्सर जस्ता रोगको नि: शुल्क उपचार भएको थियो । हिजो गरेको नि शुल्क स्वास्थ्य शिविरमा करबि ३९३ जना बिरामीहरुले उपचारमा मौकाको फाइदा लिनु भएको छ ।

तार्केश्वर …

कपिलवस्तु प्रहरीद्वारा डाँका मुद्दामा ६१ वर्ष कैद सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले डाँका मुद्दामा ६१ वर्षसम्म कैद सजाय तोकिएको व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीले पाँच वटा मुद्दामा दोषी ठहर भएर पनि फरार रहेका कृष्णनगर नगरपालिका-१ गर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरञ्जन भट्टका अनुसार कहारविरूद्ध तीन वटा खुन डाँका, एउटा डाँका र एउटा चोरीको मुद्दा थियो।
पाँच मुद्दामा उनलाई कुल ६१ वर्षसम्मको कैद सजाय भएको थियो। ३ लाख ५२ हजार ७७८ रुपैयाँको जरिवाना पनि तोकिएको थियो।
‘२०६८ सालतिर उनको आतंक नै रहेछ यहाँ। अदालतले दोषी ठहर गरेपछि फरार रहेका थिए,’ एसपी …

काठमाडौँ प्रहरीद्वारा २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ । यो सङ्ख्या बिहीबारसम्मको हो ।
काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ ।
साउनदेखि यही पुस २५ गतेसम्म एक …