Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर सिटी हस्पिटलले नि:शुल्क स्वास्थ्य शिविर गर्दा एकै दिनमा ३९३ जनाले उपचार गरे

२८ पुष ,काठमाडौ । काठमाडौको तार्केश्वर ४ मा रहेको तार्केश्वर सिटी हस्पिटलले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

तार्केश्वर सिटी हस्पिटल र सृजनशील महिला समाज नेपालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर तार्केश्वर ४ को सानोपुल अवस्थित रहेको तार्केश्वर सिटी हस्पिटलमा  सम्पन्न भएको थियो ।

नि:शुल्क स्वास्थ्य शिविरमा आखा परीक्षण ,हाड जोर्नी तथा नसा, दात परीक्षण, नाक,कान,घाटी , बाल रोग , गाईनकोलजी ,फिजिसियन, सर्जरी साथै स्थन क्यान्सर जस्ता रोगको नि: शुल्क उपचार भएको थियो । हिजो गरेको नि शुल्क स्वास्थ्य शिविरमा करबि ३९३ जना बिरामीहरुले उपचारमा मौकाको फाइदा लिनु भएको छ ।

तार्केश्वर सिटी हस्पिटल यस नि:शुल्क स्वास्थ्य शिविरमा उपचार गर्ने बिरामीलाई १० देखी २५ प्रतिशत छुटको व्यवस्था समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै