- Home
- Showing Post From:-प्रवास
प्रवास
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक दरवन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान कपिल घिमिरे असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्दपुरीका अनुसार विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ …
Kathmandu, June 18, 2025 :- Three community schools in Tarkeshwar Municipality, Ward No. 3, received educational and physical materials today, thanks to the financial support of Bibidha Aryal, a Nepali-American based in Texas, USA.
The schools—Jitpur Secondary School, Shri Kalikasharan Secondary School, and Nargharjun Thulagaun Secondary School—were provided with essential supplies, including educational materials, desks, chairs, smartboards, and speakers.
Despite being born in Tarkeshwar, Bibidha Aryal grew up in Texas, where her father, Bharat Aryal, a teacher, settled early. Inspired by her roots, she contributed to improving the quality of education in …
अन्धकारमा रूमलिएर उज्यालो भुलिरहेछु
सपनाहरुमा रुमलिएर यथार्थ भुलिरहेछु
ब्याख्याहरुमा रूमलिएर कथाहरु भुलिरहेछु
मायाप्रेममा रूमलिएर गाथाहरु भुलिरहेछु।।
एकान्त थियो साथि मेरो आवाज दिएर भुल गरेछु
एक्लै रहेछ जीवन फेरी साथ खोजेर भुल गरेछु
निरासा रहेछ जीबनसाथि आश गरेर भुल गरेछु
सम्बन्धमा रूमलिएर खुसी बनाँउने भुल गरेछु।।
आकाशका तारा गनेर सपना बनाँउनेे भुल गरेछु
आखाँहरुमा प्रेम बसाँउन कथा बनाँउने भुल गरेछु
आफैभित्र पीडा साँचेर खुसी लेख्ने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाँउने भुल गरेछु।।
हातहरु थकिसकेछन बिश्वास बनाउने भुल गरेछु
खुट्टाहरु थाकिसकेछन आधार बनाउने भुल गरेछु
जीवन एक्लो भईसकेछ भीड बनाउने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाउने भुल गरेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।
१० फाल्गुन ,काठमाडौ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
महाकुम्भ स्नानका लागि भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको ज्यान गएको हो। उनी ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए।
ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर भएका सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै आएका थिए। श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ।
नगर प्रमुख मनोजकुमार आचार्यले …
५ फाल्गुन, काठमाडौ । विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर ९लगभग एक खर्ब तीन अर्ब रुपैयाँ० सहायता रोक्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारी खर्च घटाउने उदेश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी ९डीओजीई०ले उक्त निर्णय गरेको हो । डीओजीईको प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन् ।
उक्त निर्णयमा अमेरिकाले संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँर्दै आएको करिब साढे पाँच अर्ब रुपैयाँ पनि परेको छ । डीओजीईले सामाजिक सञ्जाल एक्समार्फत नेपाली समयअनुसार …
वीरगन्ज । ११ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल पर्साबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट तस्करी नियन्त्रण र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै पर्साबासी जनताको मन जित्न सफल भएका ढुङ्गेल आज पर्साबाट बिदा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा आज आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी ढुंगेलले पर्साबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए ।
एसपी कुमोद ढुंगेल अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो …
तिम्रो मायाजालमा फसेकाहारुले
तिम्रो सुन्दरताको वयान गर्दा
लाग्थ्यो कान थापेर सुनिरहुँ
सुटुक्क भेटि आँखा झिमिक्क नगरी हेरिरहुँ
तिमीसँग भेट्ने रहरले
मैले मन थाम्न सकिन
मन र मस्तिष्क विचको
लामो मथिंगल पश्चात
व्यस्ततालाई एकैछिन थाति राख्दै
तिमीलाई नजिकबाट नियाल्न खोजेँ
तिमीले लजाएर बादलको घुम्टो ओढ्यौ
घुम्टो हटाउन हावाको मद्दत मिलेसँगै
सुर्यको प्रकाशले तिम्रो मुहारमा
निखारपन र सुन्दरता बढाउदा
मैले कल्पना गरेको क्लियोपेट्राको सौन्दर्य
तिमी सामु धमिलो देख्छु
मोनालिसाको मन्द मुस्कान फिका देख्छु ।
तिम्रो मुस्कानसँगै
सौन्दर्यताको वर्षा हुँदा
सिन्चित हुन्छन् असंख्यक मानिसहरूको मन
विजारोपण गर्छेउ तिमी प्रतिको गहिरो मोह
तिमी अदभुत सुन्दर छौ सबैको प्रिय पनि
आँगनको चियाबारी अनि तिम्रो नानाथरीका श्रृंगारले
धेरै मानिसहरूको ध्यान खिचेको छ
तिमीले आफ्नो सुन्दरतासँगै विश्वका
मानिसहरुलाई आकर्षण गर्दा
लाग्छ तिम्रो स्पर्षले
उनिहरूको …
१९ असोज , काठमाडौ । ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन् । पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए । तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए ।
प्रहरीले नरेशलाई गत अगस्त २२ मा पक्राउ गरेको थियो । उनी अझै पनि प्रहरी हिरासतमा नै रहेका छन् । न्यायाधीशले नरेश समुदायका लागि ‘खतरा’ रहेको ‘आवश्यक प्रमाण’ भएको भन्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए ।
उनीमाथि ममताको हत्या …
१० असोज , काठमाडौ । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
जबरजस्ती करणी र ठगी तथा सङ्गठित अपराध मुद्दामा परार रहेका उनीहरुलाई इन्टरपोलको समन्वयमा दुबईबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा ठगी सम्बन्धी मुद्दाका भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । रोमन कार्की भने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्।
अनुसन्धानको क्रममा उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको खुलेको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
इन्टरपोलको समन्वय पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि …









