Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी मिम लामाको कविता: पहाडकी सुन्दरी

तिम्रो मायाजालमा फसेकाहारुले
तिम्रो सुन्दरताको वयान गर्दा
लाग्थ्यो कान थापेर सुनिरहुँ
सुटुक्क भेटि आँखा झिमिक्क नगरी हेरिरहुँ

तिमीसँग भेट्ने रहरले
मैले मन थाम्न सकिन
मन र मस्तिष्क विचको
लामो मथिंगल पश्चात
व्यस्ततालाई एकैछिन थाति राख्दै
तिमीलाई नजिकबाट नियाल्न खोजेँ
तिमीले लजाएर बादलको घुम्टो ओढ्यौ
घुम्टो हटाउन हावाको मद्दत मिलेसँगै
सुर्यको प्रकाशले तिम्रो मुहारमा
निखारपन र सुन्दरता बढाउदा
मैले कल्पना गरेको क्लियोपेट्राको सौन्दर्य
तिमी सामु धमिलो देख्छु
मोनालिसाको मन्द मुस्कान फिका देख्छु ।

तिम्रो मुस्कानसँगै
सौन्दर्यताको वर्षा हुँदा
सिन्चित हुन्छन् असंख्यक मानिसहरूको मन
विजारोपण गर्छेउ तिमी प्रतिको गहिरो मोह
तिमी अदभुत सुन्दर छौ सबैको प्रिय पनि
आँगनको चियाबारी अनि तिम्रो नानाथरीका श्रृंगारले
धेरै मानिसहरूको ध्यान खिचेको छ
तिमीले आफ्नो सुन्दरतासँगै विश्वका
मानिसहरुलाई आकर्षण गर्दा
लाग्छ तिम्रो स्पर्षले
उनिहरूको मनमा आनन्द हुदो हो
वरिपरीका मजदुरहरूले
तिम्रै सुन्दरताको नाउँ जप्दै
गाँस,बास र कपास को जोहो गर्दा
तिनिहरूको अन्तरमनबाट आशिर्वाद मिल्दो हो

तिमीप्रती म नतमस्तक हुन्छु
ए..! “कन्याम”
मैले तिमीलाई सुटुक्क मुटुमा राखेको छु
होस गर्नु है तिमीले
कसैले तिम्रो नाम के हो?
भनि खुसुक्क सोध्न सक्छन्
मानिसहरूले जथाभावी तिम्रो
सुन्दरता विगार्ने काम गर्न सक्छन्
त्यतिखेर तिमीले म “कन्या” हुँ भन्नु है
को कन्या ? भनि प्रति प्रश्न गर्दा “म” भन्नु है
किनकि तिमी सँधै कन्या रहनु पदर्छ।

तिम्रो नजिकै सुन्दर पगरी गुथेर बसेकी
दार्जिलिङलाई देख्दा
लाग्छ कतै खोट छ झै
लहरमा मिलेर बसेकी
सुन्दरी पहाडकी रानीले
मानिसहरूलाई गहिरो प्रेम गरेको बदलामा
उपहार स्वरुप कुरूप बनाउन लाग्नेहरुको को लर्को देख्छु
त्यसैले त तिमी सँधै कन्या रहनु पर्छ
तिमीले कयौं पुस्ताको स्पर्श पाउनु पर्छ ।
धन्य छ `कन्याम´ तिमीलाई
तिमीले देशलाई श्रृङ्गारेकी छौ
‘अतिथि देवो भवः” भन्दै
पाहुनाहरूको ओईरो लगाई दिएकी छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै