Comments Add Comment

Advertisment

SKIP THIS

भिडियाे

List Grid
“मुल घर” स्वानिका बास्तोलाको निर्देशनमा प्रदर्शन, दर्शकको मन जित्न सफल

बैशाख १४, काठमाडौ ।नयाँ नेपाली शिरियल ”मुल घर” ले प्रदर्शन सुरु गरेसँगै छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ । स्वानिका बास्तोलाको निर्देशनमा बनेको यस शिरियलमा धेरै प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको छ ।
मुल घरले गाउँको घर, परिवार र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्।
यस शिरियलका प्रमुख कलाकारहरूले आ–आफ्नो भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्, जसले गर्दा …

स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

बैशाख १४, काठमाडौ । आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ आज सार्वजनिक गरिएको छ ।
आइतबार दिउँसो ३ः१५ बजे युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन् ।
भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्। साथै, बाल कलाकार दीप्शिका …

महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत

५ बैशाख, काठमाडौ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ ।
चर्चित गायक राजेशपायल राईले स्वर दिएको गीतमा शब्द तथा संगीत महामन्त्री शर्माले दिएका छन् । ‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘बिगुल’ मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ ।
कुशल राजनीतिज्ञका साथै गीत संगीतमा समेत निकै दख्खल राख्ने विश्वप्रकाश …

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

२९ माघ, काठमाडौ । फिल्म ‘लाज शरणम्’ को ‘नेपाल हाँसेको’ गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा उक्लिएको हो। रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो ।
नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ। नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई रुचाएको देखिएको छ ।
वैदेशिक रोजगारीको …

बेहुली फ्रम मेघौली ट्रेलर: स्वस्तिमाको रोजाईमा निश्चल, निश्चलको अर्कैसंग बिहे गर्ने तयारी

४ असोज , काठमाडौ । दशैँलाई लक्षित गर्दै यहि असोज १७ गतेदेखी सार्वजनिक प्रदर्शनमा आउने तयारिमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर बिहीबार काठमाडौमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको यस फिल्ममा पारिवारिक र सामाजिक मूल्य र मान्यताहरूको पृष्ठभूमिमा आधारित रहेर निर्माण गरिएको छ ।
एक छोरीको विवाहको संघर्षको कथा यो फिल्मको प्रमुख बिषयवस्तु हो । फिल्ममा स्वस्तिमा र निश्चलको अलावा विजय बराल, वसुन्धरा भुसाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का र शिशिर सिवाकोटीको अभिनय देख्न सकिन्छ । …

छक्का पन्जा-५ को ‘ब्रेकअप सङ्ग’ हेर्दा माग्नेको दिपासगं र दिपकको वर्षासगं सम्बन्ध तोडिम

४ असोज , काठमाडौ । बहुप्रतीक्षित नेपाली फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ सार्वजनिक भएको छ ।
चर्चित गायक बाबुल गिरीले स्वर दिएको यस गीतमा सङ्गीत, शब्द र एरेन्जमेन्टदेखि मिक्सिङ्ग र मास्टरिङ्गसम्मको सम्पूर्ण जिम्मेवारी आफैंले सम्हालेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।
भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बुढा’, दीपा श्री निरौला, सुरवीर पण्डित र रामेश्वर केसीलाई फिचर्ड गरिएको छ ।
गीतमा कलाकारहरूको मनमोहक नृत्य र अभिनयले दर्शकहरूलाई आकर्षित गरेको छ । केही फरक पन लाग्ने गीतको भिडियोलाई रमाइलो तवरले निर्माण गरिएको छ । …

बल्छी ध्रुबे र पुजन (पुकु)को मुख्य भूमिका रहेको ‘राधाकृष्ण’ टेलिशृंखला सार्वजनिक (भिडियोमा)

२८ भाद्र , काठमाडौ । कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र पुजन घिमिरे (पुकु)को मुख्य भूमिका रहेको राधाकृष्ण टेलिशृंखला आज (शुक्रबार) साँझ ७ः३० बाट प्रसारण भएको छ । बल्छी ध्रबे फिल्मले निर्माण गरेको उक्त टेलिशृंखला आज  प्रसारण भएको  हो ।

 
यो टेलिशृंखला १० वर्षे माओवादी द्वन्द्वमा आधारित भएको निर्माण पक्षले जनाएको छ । बिहीबार मण्डला थिएटरमा एक भव्य समारोहका बीच टेलिशृंखलाको भाग एक प्रदर्शन समेत गरिएको थियो । उक्त समारोहमा १० वर्षे जनयुद्धका कमाण्डर पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवम् नेकपा समाजवादी पार्टीका …

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने (भिडियोमा)

२१ भाद्र , काठमाडौ । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन् ।
विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निर्णय गरिसकेको छ भने तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि विज्ञप्ति निकाल्दै माफी मागेकी छन् ।
शान्तिश्रीले गाएको अहिलेको विवादित गीत हो ‘काले के–के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो …।’ यो गीत नसुन्ने अहिले कमै होलान् । तर यो गीत एकान्तमा मात्र सुन्ने खालको छ । यसको भिडियोले त …

पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?

१७ भाद्र , काठमाडौ । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् ।
सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ? भन्दै पूजालाई प्रश्न गरेकी छन् ।
‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो रु कि उसलाई थाहा छ, कि मलाई …