प्रदेश १ -
Comments Add Comment

प्रदेश १

List Grid
कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ

१० मंसिर , काठमाडौ । कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।
प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ ।
उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो । अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।
तर, उनी उक्त सजाय पूरा नगरी फरार …

झापामा धानको उत्पादकत्व बढ्यो

१२ मंसिर , काठमााडौं । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो ।
गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए …

इलाम २ मा रोकिएको मतगणना तत्काल सुरु गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

१० मंसिर , काठमाडौ । मतगणनाको अन्तिम समयमा विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को बाँकी मतगणना गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहाललाई टेलिफोन मार्फत थपलियाले सो निर्देशन दिएका हुन् ।
मतगणनाको काम अन्तिम चरणमा पुगेका बेला शनिबार साँझदेखि एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएपछि तनावको अवस्था सिर्जना भएको छ । मत गणना अन्तिम चरणमा पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले मतदान अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएको दावी गर्दै मतगणना बहिस्कार गर्दै नारा जुलुस थालेका थिए । यता एमालेका कार्यकर्ताहरूले आफ्ना …

डिएसपी राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापा कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायव उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) ले पुरस्कृत गरेको हो ।                                                                  …

काठमाडौं–१ मा रविन्द्र मिश्रको अग्रता कायमै, १८४ मतले अगाडि

५ मंसिर , काठमाडौ । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । मिश्रले ३०५७ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी प्रकाशमान सिंहले २८७३ मत पाएका छन् । यस्तै एमालेका किरण पौडेलले १७३० मत पाएका छन् ।

ओलीलाई दोब्बर बढी मतको अग्रता

५ मंसिर , काठमाडौ । पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मतसहित तेस्रो स्थानमा छन् ।

मोरङ-३ : ढकाल र शर्मालाई रेखा चुनौती

३० कात्तिक काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ। सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ।
विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो। ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गरेका थिए। ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्तरले पराजित भएका थिए।
गत स्थानीय तहको निर्वाचनको परिणामलाई …

बसको ठक्करबाट झापामा एक दम्पतीको मृत्यु

२९ कात्तिक , काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुन तथा चाँदीको जस्तो देखिने गरगहना सहित तीन जना पक्राउ

२९ कात्तिक , काठमाडौ । रंगेली नगरपालिका-४ स्थित सडक छेउबाट सुनको जस्तो देखिने न्याक्लेस १ थान र नथिया १ थान गरी अन्दाजी १ तोला ४ आना ४ लाल र चाँदीको जस्तो देखिने बाला १ जोर, औंठी सहितको पन्जा १ जोर, पाँउजु १ जोर र सिक्री १ थान गरी करिब ३१ तोला सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत अररिया कौवाकोह-४ बस्ने २८ वर्षीय कुमार यादव, भारत अररिया कौवाकोह-३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् ।
उक्त …


This will close in 20 seconds