बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

१९ असोज , काठमाडौ । यहाँस्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो ।
मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर …

सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन

कैलाली । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेशका ९ वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिन लागिएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउँदै हाल सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने जानकारी दिए ।
यहाँ सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन् । डीआईजी केसीले कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएको बताए ।
दशै, तिहार र छठका लागि भारतबाट फर्किएका …

सूदूरपश्चिमबाट डीएसपी शैलेश्वरीको बिदाइ

१७ असोज , काठमाडौ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको बिदाइ गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले उनलाई अपराध समन्वय शाखा नक्साल काठमाडौंमा सरुवा गरेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनलाई एक कार्यक्रमकाबीच बुधबार बिदाइ गरेको हो ।
उनलाई प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरिक्षक रबिन्द्र केसीले मायाको चिनो प्रदान गरेर बिदाइ गरे । उनले आगामी दिनमा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
 

धनुषा प्रहरीको हिरासतबाट भागेका सात जना पक्राउ

७ असोज , काठमाडौ । धनुषामा हिरासत फोडेर भागेका सात थुनुवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ गरेको हो। हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो।
उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ । अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए।
सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरू …

‘ड्रग्स’ सेवन गर्दै युवती र दुई युवकबीच रातभर मस्ती, जबरजस्ती करणीपछि बिमाको हत्या !

६ असोज , काठमाडौ । कैलालीमा एक वर्ष अगाडि एक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलासा भएको छ ।
डडेल्धुराको अमगरगढी नगरपालिका–२ घर भई धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो ।
थापामगरको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो । कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवा र २८ वर्षीय संजीव चौधरीलाई आइतबार सार्वजनिक …

ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

२२ भाद्र , काठमाडौ । डोटीमा पहिरोबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका– ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।
कौमतीदेवीको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । कौमतीदेवी शनिवार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका– ६ सवखोलामा रहेको छ । सोहीबेला पहिरो खसेर उनलाई ढुंगाले लागेको थियो ।
ढुंगाले लागेर कौमतीसँगै रहेकी उनकी नातिनी पर्ने १२ वर्षीया भुवनेश्वरी ऐर पनि घाइते भएकी छिन् ।

कैलाली प्रहरीको कार्यालयमा प्रवेश गर्दा किन मोबाइल लिन पाइँदैन ?

२१ भाद्र , काठमाडौ । जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालयमा प्रवेश गर्दा मोबाइल लिन बन्देज लगाइएको छ । सेवाग्राही कैलाली प्रहरी कार्यालयको प्रवेशद्धारमा प्रवेश गर्दा नै फोन थुतेर राख्ने गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक पदमबहादुर विष्ट हाजिर भएपछि सेवाग्राहीको मोबाइल गेटमै राख्नु पर्ने नयाँ नियम लागु गरेका थिए । यसअघि कार्यालय भित्रै मोबाइल लिन कुनै बन्देज थिए ।
यो नयाँ नियमको अहिले सर्वत्र विरोध भइरहेको छ । केही हप्ता अगाडी नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो …

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी

२८ साउन , काठमाडौ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।

किसानहरूको पीडा : मुला राम्रो फल्छ तर मूल्य पाइँदैन

१७ साउन , काठमाडौ । डोटीको जोरायल गाउँपालिका-१ का हेमबहादुर बोहराले गत वर्ष २६ क्विन्टल मुला बिक्री गरे । यस वर्ष उनले हालसम्म करिब २० क्विन्टल बिक्री गरिसके, अझै बिक्री गर्न बाँकी छ ।
‘मुला राम्रो फल्छ, बिक्री पनि हुन्छ’ हेमबहादुर भन्छन् ‘तर मूल्य धेरै कम हुन्छ ।’ चैत्रको महिनामा मुलाको भाउ प्रतिकिलो ६० रुपैयाँसम्म पुगेको हेम बताउँछन् । उनी थप्छन् ‘त्यसपछि घट्दै घट्दै जान्छ, पोहर साल त सात रुपैयाँ किलो बेच्नु परेको थियो ।’
अचेल पनि १०र१५ रुपैयाँ किलो बिक्री गर्नु परेको हेमबहादुरको भनाई छ ।
हेम जस्तै ईशरादेवी घर्तिमगर पनि मुला …

अछामबाट खैरो हिरोइनमा संलग्न दुई श्रीमान्-श्रीमती पक्राउ

१२ साउन , काठमाडौ । अछाम प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका-७ स्थायी ठेगाना भई हाल मंगलसेन नगरपालिका-५ स्थित आफ्नो ससुरालीमा बस्दै आएका प्रकाश बोहरा र निजको श्रीमती कल्पना भण्डारी रहेका छन्।
मंगलसेन नगरपालिका ५ मंगलसेन नजिक लागूऔषध कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुको साथबाट ३८० मिलि ग्राम खैरो हिरोइन बराम गरेको थियो।
दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीले बताए ।

You Missed

चाडपर्वक अवसरमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन डिआईजी बोहराको निर्देशन
डिआईजी भट्टराईले चाडपर्वमा उत्कृष्ट सुरक्षा व्यवस्था मिलाउन मातहतलाई निर्देशन
डिएसपी दिनेश घिमिरेको एक सय ६७औं कविता : शब्दहरू
ममताको मुद्दामा नरेशविरुद्ध हामीले थप प्रमाण फेला परेका छौँ : प्रहरी
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
मकवानपुर प्रहरीको सफलता: ८ किलो २४३ ग्राम सुनसहित दुई जना भारतीय पक्राउ
सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

Primary Color

Secondary Color

Layout Mode