Comments Add Comment

Advertisment

SKIP THIS

अन्तरवार्ता

List Grid
सीमा अपराध, तस्करी पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्ने डिआईजी चतुर्वेदीको निर्देशन

काठमाडौँ: मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
डिआईजी चतुर्वेदीले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ मधेश प्रदेश प्रहरी कार्यालयले खोज्ने बताउनुभयो ।
नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय प्रमुख …

डिएसपी दिनेश घिमिरेको एक सय ९२औं कविता : जीवन दृष्टि

कथाहरू भित्र छ जीवन
यात्राहरू भित्र छ जीवन
कसैले होसमा बुझ्दछन्
कसैले बेहोसीमा बुझ्दछन्।
सुरूवात गर्नुमा छ जीवन
अन्त तय गर्नुमा छ जीवन
कसैले सुरूवातमै बुझ्दछन्
कसैले अन्तमा बुझ्दछन्।।
बुझाईको दौडमा जीवन
अनुभव भित्र छ जीवन
कसैले सजिलै बुझ्दछन्
कसैले कठिन बुझ्दछन्।।
जसले जसरी बुझे पनि
जसले जसरी हेरे पनि
जीवनलाई अधुरै बुझ्दछन्
कथाहरूलाई अधुरै बुझ्दछन्।।
कसैले जीवन जित देख्दछन्
कसैले जीवन हार देख्दछन्
दौडहरूमा जीवन दृष्टि फरक छ
कथाहरूमा जीवन कहानी फरक छ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

प्रहरीका ७ जना डीआईजीको सरुवा, कोशी प्रदेशमा कार्की, लुम्बिनीमा भट्ट र मधेशमा उमा चतुरवेदी

नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ। मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो।
यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।
यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र …

नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा

(ईश्वर दुलाल) काठमाडौं – नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने, उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी दीपक थापाले बताएका छन ।
जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै थापाले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्‍याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देश र जनताको शान्ति …

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको

रंङ्गहरु जस्तै रंगिन बनुन जीवन
उठोस बिबेकमा उत्साहका रंगहरू
कोही कसैमा बिभेद नरहुन कतै
सबैमा सबैप्रति समभाँब रहोस्।।
जीवन सबैको लागि जित बनोस्
रंङ्गहरु सबैलाई एकै गित बनोस्
शत्रुजन्य बिचारहरु असत्यमै मरून
सबैलाई सेबाको भावना जागोस्।।
सुरक्षित फुलुन कोपिलाहरू यहाँ
सुगन्धित बनोस् जीवनका पलहरु
सुकेर जाँउन आखाँहरूमा आँशु
खुशीनै खुशीका आशाहरू पलाँउन्।।
रंङ्गहरुमा जीवन परिवर्तनको भान होस्
रंङ्गहरुमा जीवन शैली अतिरन्जित बनुन
भूलुन ब्यथाहरू आफ्नै आँखाको रंङ्गहरुमा
शुभकामना छ शुभकामना पर्व रंङ्गहरूको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता

४ असार , काठमाडौ । आईसीसी मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।
२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो ।
जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ । अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ। टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि …

अब अस्ट्रेलियामा विद्यार्थी भिसाका लागि आवेदन दिन नपाइने

३१ जेठ , काठमाडौ । अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ ।
अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर) मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने भएका हुन् । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ ।
मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताए ।

टी-२० विश्वकप : आज भारतको सामना गर्दै अमेरिका

३० जेठ , काठमाडौ । जारी आईसीसी टी–२० विश्वकपमा आज भारत र अमेरिकाबीच खेल हुँदैछ । खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।
अमेरिका र भारत दुबै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको सुपर–८ चरणमा पुग्नेछ । भारत र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् ।
यो समूहमा हालसम्म ६ खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो …

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

३० जेठ , काठमाडौ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले युरो २०२४ अघिको मैत्रीपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगल ३–० ले विजयी बन्यो ।
खेलको १८ औँ मिनेटमा नै जोआओ फेलिक्सले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोनाल्डोले १० मिनेटको अन्तरमा दुई गोल थपे ।
५० औँ मिनेटमा रुबेन नेभेसको पासमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए भने ६० औँ मिनेटमा डिओगो जोटाले रोनाल्डोलाई दोस्रो गोलको अवसर सिर्जना गरे । योसँगै अन्तर्राष्ट्रिय खेलहरूमा रोनाल्डोको गोल सङ्ख्या १ सय ३० पुगेको छ …