Comments Add Comment

डिएसपी दिनेश घिमिरेको एक सय ९२औं कविता : जीवन दृष्टि

कथाहरू भित्र छ जीवन
यात्राहरू भित्र छ जीवन
कसैले होसमा बुझ्दछन्
कसैले बेहोसीमा बुझ्दछन्।

सुरूवात गर्नुमा छ जीवन
अन्त तय गर्नुमा छ जीवन
कसैले सुरूवातमै बुझ्दछन्
कसैले अन्तमा बुझ्दछन्।।

बुझाईको दौडमा जीवन
अनुभव भित्र छ जीवन
कसैले सजिलै बुझ्दछन्
कसैले कठिन बुझ्दछन्।।

जसले जसरी बुझे पनि
जसले जसरी हेरे पनि
जीवनलाई अधुरै बुझ्दछन्
कथाहरूलाई अधुरै बुझ्दछन्।।

कसैले जीवन जित देख्दछन्
कसैले जीवन हार देख्दछन्
दौडहरूमा जीवन दृष्टि फरक छ
कथाहरूमा जीवन कहानी फरक छ।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै