जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ। संस्थाको उप–क्षेत्र–७, मनमैजुमा आयोजित साधारण सभा तारकेश्वर नगरपालिका–९ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सदस्यलाई प्रदान गरिँदै आएका सेवा तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुवराज खड्का, प्रमुख अतिथि तारकेश्वर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन, संस्थाका पदाधिकारी, सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
साधारण सभामार्फत संस्थाले सदस्यको हितलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा संस्थाको आगामी योजना, सदस्यलाई थप प्रभावकारी सेवा प्रदान गर्ने तथा सहकारीको संस्थागत विकासलाई प्राथमिकता दिने विषयमा समेत जोड दिइएको थियो।









