- Home
- Showing Post From:-फिचर
फिचर
काठमाडौँ — तारकेश्वर नगरपालिका क्षेत्रभित्र महिलालाई लक्षित गरी मोटरसाइकलमार्फत लेडीज ब्याग लुटपाट गर्दै आएको गिरोहलाई बालाजु प्रहरी वृत्तका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको विशेष टोलीले सफलताका साथ पक्राउ गरेको छ।
२०८२/०८/०८ गते बेलुकी करिब ५:१५ बजे तारकेश्वर–११ नेपालटार सडक खण्डमा घर फर्कँदै गरेकी लमजुङ राईनास नगरपालिका–६ घर भई हाल तारकेश्वर–९ शुभकामना चोक बस्दै आएकी रन्जु शर्मा माथि मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरूले आक्रमण शैलीमा झोला खोसी फरार भएपछि घटना सार्वजनिक भएको थियो।
गम्भीर प्रकृतिको यस घटनापछि तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले २०८२/०८/०९ गते बिहान तारकेश्वर–८ सुकुम्बासी टोलबाट लुटपाटमा संलग्न ४ जनालाई प्रमाणसहित पक्राउ …
माछापोखरी, कात्तिक २९ । माछापोखरी क्षेत्रको आतिथ्य तथा कार्यक्रम व्यवस्थापन सेवामा नयाँ आयाम थप्दै माछापोखरी प्यालेस एण्ड रेस्टुरेन्ट प्रा.लि. को भव्य उद्घाटन शनिबार सम्पन्न भएको छ।
स्थानीय तथा समाजसेवीको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा रेस्टुरेन्टले आधुनिक सुविधा, स्वादिष्ट परिकार र ठूलो क्षमताको हलसहित सेवा विस्तार गर्ने घोषणा गर्यो।
यस प्यालेसमा बिहे, वर्तबन्ध, पास्नी, जन्मदिन तथा विभिन्न सामाजिक कार्यक्रमहरू आरामपूर्वक आयोजना गर्न ५०० देखि १२०० जनासम्म अट्ने विशाल विवाह स्थल (Banquet Hall) को व्यवस्था गरिएको सञ्चालक समितिले जनाएको छ।
आधुनिक सजावट, साउन्ड सिस्टम, लाइट सेटअप र क्याटरिङ सेवासहित यो हल क्षेत्रकै आकर्षक सुविधा बनेको छ।
दैनिकीमा …
काठमाडौं, कात्तिक २९ — जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको बालाजु प्रहरी वृत्त स्थानीय बासिन्दा र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहयोगमा पुनर्निर्माण गरी शुक्रबार एक औपचारिक समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी आत्मा कृष्ण श्रेष्ठ रहे।
समारोहमा माननीय बसन्त मान्धर, माननीय प्रकाश श्रेष्ठ, काठमाडौं–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ, वडा सदस्यहरू, स्थानीय सर्वसाधारण, समितिका संयोजक समाजसेवी शिव भक्ती रजित, पूर्व समिति अध्यक्ष गौतम प्रजाप्रती, पूर्व समिति सदस्य सानु प्रजापति तथा प्रहरी काठमाडौं परिसरका प्रमुख रमेश थापा सहितको उपस्थिति रहेको थियो।
पुनर्निर्माण अभियानमा पत्रकार तथा अभियन्ता राममणि घिमिरे, समाजसेवी तथा अभियन्ता …
काठमाडौँ, कात्तिक २२ – बालाजु–१६, काठमाडौँस्थित जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
“उन्नतिको सहयोगी, जीवन रक्षा सहकारी” भन्ने नाराका साथ अगाडि बढिरहेको यस सहकारी संस्थाको सभा बालाजुस्थित गोरखा प्यालेसमा आयोजना गरिएको थियो।
सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री शालिकराम घिमिरेले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. १६ की सदस्य शारदा सुवेदी रहनुभएको थियो। सो अवसरमा संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकार समिति, र सञ्चालक समितिका पदाधिकारीहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा उपाध्यक्ष श्री देवकुमार श्रेष्ठ, सचिव श्री …
तारकेश्वर, कार्तिक १२ – आन्दोलनका क्रममा क्षति पुगेका अत्यावश्यक सामग्रीहरू पुनःस्थापनाको उद्देश्यले ‘दारी ग्याङ काठमाडौं’ले आज तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटार ट्राफिक प्रहरी प्रभागलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ।
सो क्रममा १५ थान रोड डिभाइडर र ५ थान ट्राफिक चेकिङ फ्लेक्स बोर्ड प्रभाग प्रमुखलाई हस्तान्तरण गरिएको हो।
यस सहयोगबाट सडकमा आवतजावत गर्ने सवारीसाधन चालकहरूलाई थप सुरक्षाको अनुभूति हुने अपेक्षा गरिएको छ। साथै, ट्राफिक प्रहरीले दिनरात नभनी जनताको सुरक्षा र सुविधाका लागि निरन्तर सेवा दिइरहेको भन्दै ‘दारी ग्याङ काठमाडौं’ले ट्राफिक प्रहरीप्रति सम्मान र आभार प्रकट गरेको छ।
नेपालटार ट्राफिक प्रहरी प्रभागका प्रमुखले पनि सो सहयोगप्रति …
तारकेश्वर नगरपालिका वडा नम्बर ३ अन्तर्गतको चिसापानी सडक खण्ड आज पिच कार्य सम्पन्न भएको छ।
लामो समयदेखि धुलो र हिलोको समस्या झेल्दै आएका स्थानीयवासीहरू अहिले समतल र मापदण्डअनुसार पिच सडक पाएपछि अत्यन्तै खुसी भएका छन्।
पिच कार्यको नेतृत्व वडा अध्यक्ष परशुराम अर्यालले गरेका थिए भने, सो अवसरमा वडा सदस्य उद्धव अर्याल, तारकेश्वर नगरपालिकाका इन्जिनियर उद्धव अधिकारी, वडा इन्जिनियर तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विकासको गतिसँगै वडा नम्बर ३ मा देखिएको यो परिवर्तनले स्थानीयको दैनिकीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
एक स्थानीयले भने, “यो पिच राम्रो गुणस्तरको भएको देखिन्छ, धेरै वर्ष टिक्ने विश्वास छ,” …
काठमाडौँ । तिहारको अवसरमा सवारीसाधनको चाप बढ्दै जाँदा र मानिसहरू रमाइलोका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने घटनामा वृद्धि हुन सक्ने सम्भावना देखिएपछि नेपालटार ट्राफिक प्रहरीले तारकेश्वर क्षेत्रमा लापसे–मापसे चेकिङ अभियान तीव्र पारेको छ।
आज दिउँसो तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थली क्षेत्रमा दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म नेपालटार ट्राफिक प्रहरी र बालाजु प्रहरीको संयुक्त समन्वयमा चेकिङ अभियान सञ्चालन गरिएको थियो।
चेकिङका क्रममा ४ पाङ्ग्रे सवारीसाधन १७ र २ पाङ्ग्रे सवारीसाधन ६७ गरी कुल ८४ सवारीसाधनहरूको जाँच गरिएको छ। सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ जना चालकलाई कारबाही गरिएको …
ककनी, कात्तिक ४ । ककनी गाउँपालिका–१, जलकिनी (कागती गाउँ) निवासी सुकुटे बालामी र गाउले बालामीको घरमा आज बिहान करिब ४:३० बजे अचानक आगलागी भएको छ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, गरगहना, नगदसहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएका छन्।
स्थानीयका अनुसार करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। घटना भएको केही समयमै दमकल बोलाइए पनि बाटो साँघुरो र दुर्गम भएकाले दमकल पुग्न नसकेपछि स्थानीयहरूले ठूलो प्रयासका साथ आगो नियन्त्रणमा ल्याएका हुन्।
आगो नियन्त्रणमा आउँदासम्म दुबै घर पूर्णरूपमा जलेर खरानी भएका थिए। आगलागीका कारण लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानवीय क्षति …
काठमाडौं, ३ कात्तिक । तिहार पर्वको अवसरमा काठमाडौंको नेपालटारस्थित ट्राफिक प्रहरी प्रभागमा आज लक्ष्मीपूजा विधिपूर्वक सम्पन्न गरिएको छ।
प्रभाग परिसर रंगीन बत्ती र फूलमालाले सजाइएको थियो। झिलिमिलि बत्तीहरूले सम्पूर्ण कार्यालयलाई उज्यालो बनाउँदै प्रहरी कर्मचारीहरू उत्साहका साथ पूजामा सहभागी भएका थिए।
कार्यक्रमको नेतृत्व ट्राफिक प्रहरी प्रभाग नेपालटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) सुरेश कार्कीले गरेका थिए। उनले विधिपूर्वक लक्ष्मीपूजा सम्पन्न गर्दै सम्पूर्ण ट्राफिक प्रहरी र स्थानीय समुदायलाई शुभकामना व्यक्त गरेका थिए।
कार्कीले भन्नुभयो, “तिहार प्रकाश र सकारात्मकताको पर्व हो। हामीले पनि यही उज्यालो भावनासँग आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने संकल्प लिएका छौं।”
कार्यक्रममा प्रहरी अधिकृतहरू, …









