Comments Add Comment

Advertisment

SKIP THIS

फिचर

List Grid
अमेरिकामा बसेर पनि आफू जन्मेको तार्केश्वरको सामुदायिक  विद्यालयलाई सेवा गदै विविधा अर्याल

काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं. ३ मा अवस्थित जितपुर माध्यमिक विद्यालय ,श्री कालिकाशरण माध्यमिक विद्यालय साथै नार्गाजुन ठुलागाउ माध्यमिक विद्यालयमा आज शैक्षिक तथा भौतिक सामग्रीहरूको प्रदान गरिएको छ ।
यस कार्यक्रममा वडा अध्यक्ष परशुराम अर्याल सहित समाजका जेष्ठ  नागरिकहरु , समाजसेवीहरुको अथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
आफू तार्केश्वर वडा न ३ मा जन्मिएपनि सानै बाट अमेरीकाको  टेक्सासमा बसोबास गर्ने शिक्षक भरत अर्यालकी छोरी विविधा अर्यालको आर्थिक सहयोगमा तार्केश्वरका ३  विद्यालयलाई आवश्यक सामग्रीहरू, जस्तै शैक्षिक सामग्री, टेबुल, कुर्सी, स्मार्टबोर्ड, स्पिकर आदि उपलब्ध गराइएको थियो ।
कार्यक्रममा विविधा अर्याल, उनका बुबा भरत अर्याल, वडा अध्यक्ष, समाजसेवीहरू, …

तारकेश्वर नगरपालिकामा भब्य अन्तरक्रिया : आर्थिक वर्ष २०८२/८३ को नीति र बजेट निर्माणमा जनसहभागिता

धर्मस्थली, तारकेश्वर। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना र बजेट निर्माणका लागि तारकेश्वर नगरपालिकाले आज सरोकारवालाहरूसँग खुला अन्तरक्रिया गर्यो।
नगर सभाहलमा भएको कार्यक्रममा स्थानीय निकाय, प्रदेश सरकार र समुदायका प्रतिनिधिहरूले सहभागिता जनाए।
प्रमुख अतिथि र विशेष उपस्थिति :-
कार्यक्रमको अध्यक्षता नगरप्रमुख कृष्ण हरि महर्जन ले गर्दै पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित रहे। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी विशेष अतिथिको रूपमा पुगेकी थिइन्।
उपनगरप्रमुख श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, सबै वडाध्यक्ष, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी अधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन र विषयवस्तु …

तारकेश्वर नगरपालिकामा विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण र सरसफाई अभियान सफलतापूर्वक सम्पन्न

तारकेश्वर नगरपालिकाको धर्मस्थलमा आज विश्व वातावरण दिवसको अवसरमा “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न हाम्रो दायित्व” भन्ने थीममा विशेष वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ।

यस कार्यक्रममा नगरपालिका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना ब्रलाकोटी, सम्पूर्ण वडा अध्यक्ष तथा सचिवहरू, तारकेश्वर वातावरण शाखाका प्रमुख, स्थानीय संस्था तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत धर्मस्थल परिसर र आसपासका क्षेत्रमा विभिन्न प्रजातिका रूखहरू रोपिएका छन्, जसले वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्लास्टिक तथा अन्य कचराहरूको व्यवस्थित सरसफाई गरी क्षेत्रलाई स्वच्छ बनाइएको छ।
कार्यक्रममा उपस्थित नगरपालिका प्रमुख कृष्णहरि महर्जनले …

विश्व वातावरण दिवसको अवसरमा जितपुर माध्यमिक विद्यालयले पैदल यात्रा गरेर वातावरण संरक्षणको सन्देश दियो

जितपुर, – विश्व वातावरण दिवसको अवसरमा जितपुर माध्यमिक विद्यालयले वातावरण सुन्दर, सफा र हरियालीमय बनाउन आह्वान गर्दै विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूको सहभागितामा एक सार्थक कार्यक्रम आयोजना गरेको थियो।

यस अवसरमा विद्यालय परिसरबाट करिब ३ किलोमिटर लामो पैदल यात्रा आयोजना गरिएको थियो, जसले वातावरण संरक्षणको महत्त्वप्रति जनचेतना जगाउने प्रयास गरेको छ।
यात्राको समापनमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्यालले वातावरणमा संतुलन कायम गर्न प्रत्येक नागरिकको सहभागिता आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई प्रकृति संरक्षणमा अग्रसर हुन आग्रह गरे। उनले यसरी सामूहिक रूपमा सचेतना अभियान चलाउनु वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको चुनौतीलाई कम गर्न महत्त्वपूर्ण कदम हो भने।

कार्यक्रममा …

तार्केश्वरको बंगलामुखी मन्दिर परिसरमा जेष्ठ नागरिक विद्यालय भवन (Block -2)को शिलान्यास सम्पन्न

तार्केश्वरको बंगलामुखी मन्दिर परिसरमा जेष्ठ नागरिक विद्यालय भवन (Block -2)को शिलान्यास सम्पन्न भएको छ ।
तार्केश्वर नगरपालिका, वडा नं. ६ स्थित पवित्र बंगलामुखी मन्दिर परिसरमा आज एक ऐतिहासिक घटनाक्रम सम्पन्न भयो। यहाँ जेष्ठ नागरिकहरूको सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिको केन्द्र बन्ने “जेष्ठ नागरिक विद्यालय भवन” को शिलान्यास समारोह आयोजना गरिएको थियो।
मुख्य अतिथि र आयोजकहरूको उपस्थिति
कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो आशीर्वाद र उद्घाटन पुजा र ध्यान गरेर कार्यक्रमलाई गरिमामय बनाए। उनले यो भवन निर्माणले स्थानीय जेष्ठ नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
उप नगर प्रमुख सिर्जना बुर्लाकोटी:- यस परियोजनालाई समुदायको …

तारकेश्वर नगरपालिकामा “लागुऔषधमुक्त घर अभियान” को शुभारम्भ

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको समन्वयमा तारकेश्वर नगरपालिकाले आज “लागुऔषधमुक्त घर अभियान २०८२”को शुभारम्भ गरेको छ।
यस अभियानले समुदाय र प्रहरीबीच सहकार्य बढाएर लागुऔषधको दुरुपयोग रोक्ने लक्ष्य राखेको छ।
उक्त कार्यक्रमको अध्यक्षता:-नगरपालिकाका मेयर कृष्ण हरि महर्जन ,प्रमुख अतिथि:-काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी टेक बहादुर तामाङ साथै उपस्थित विशिष्ट व्यक्तिहरू:-
– उपमेयर सिर्जना बुर्लाकोटी अर्याल
– डा. केदार नरसिंह केसी, डा. केशवराज खड्का (विज्ञ प्राध्यापक)
– लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुदर्शनप्रसाद कोइराला
– काठमाडौं जिल्ला प्रहरीका एसएसपी विश्व अधिकारी
– स्थानीय नेतृत्व, विद्यालय प्रमुख, स्वास्थ्यकर्मी, युवा संघहरू
कार्यक्रमको मुख्य बिन्दुहरू :-
1. दीप प्रज्वलन (एआईजी तामाङले अभियानको उद्घाटन गरे)
2. जागरूकता …

काठमाडौ फेसियल हाउस एण्ड एस्थेटिक सोलुसनको उद्घाटन

बैशाख १९ , काठमाडौ । काठमाडौको  मित्रनगर, मेहपी पुल (नयाँ बसपार्क नजिक) मा काठमाडौ फेसियल हाउस एण्ड एस्थेटिक सोलुसन को सफल उद्घाटन भएको छ ।

विशेष अतिथि बरिष्ठ ब्युटीसियन सिटिईभिटि को एसोसर उत्कृष्ट ब्युटी पार्लर तालिम केन्द्रको प्रोफेसर अनिता पौडेल र संचालक लक्ष्मी तिमिल्सिनाकी कन्या छोरी रेसिग्ना बस्यालले रिबन काटेर यस ब्युटी सोलुसन सेन्टरको शुभारम्भ गरेका थिए । यस सेन्टरले छाला सम्बन्धी उपचार, फेसियल, हेयर केयर, मेकअप, लगायत विभिन्न एस्थेटिक सेवाहरू प्रदान गर्नेछ।

संचालक लक्ष्मी तिमिल्सिना बस्यालले “गुणस्तरीय सेवा र ग्राहकहरूको आवश्यकतामा ध्यान केन्द्रित गर्ने” बताइन् ।

स्थान:– …

तारकेश्वरको साङ्लाफाटमा अनुगमन गर्दै वडा अध्यक्ष बिदुर सापकोटा,सचिब सहित नगरप्रहरी साथमा

बैशाख १७, काठमाडौ । तारकेश्वर नगरपालिकाको वडा नं १ मा व्यवसायी दर्ता र नबिकरण साथै बजार अनुगमन भईरहेको छ । तारकेश्वर नगरपालिकाको निणर्य अनुसार प्रत्येक वडा-वडामा व्यवसायिक दर्ता तथा बजार अनुगमन सुरु भए सङ्गै वडा न-१ आज बाट सुरु गरिएको छ ।

तारकेस्वर नगरपालिका वडा नम्बर १ मा रहेर व्यवसायिक दर्ता तथा बजार अनुगमनमा सोही वडाको सचिब शर्मिला , वडा अध्यक्ष बिदुर सापकोटा ,नगर प्रहरी सहित पत्रकारको उपस्थितिमा अनुगमन भएको थियो ।

आज करिब १५ वटा व्यवसायिक पसलहरु लगायत अन्यमा अनुगमन गदै जादा करिब ९५% ले दर्ता बिना नै चलाईएको पाईएको छ । …

अधुरै रह्यो चर्दीखोला पुल, स्थानीयको पीडा, प्रशासनको मौनता !

२१ फागुन , काठमाडौं । आज भन्दा करिब तीन वर्ष अगाडि मिति २०७८ साल चैत्र महिनाको आठ गते हालका राष्ट्रपति रामचन्द्र पौडेलद्धारा मध्यनेपाल नगरपालिका वडा नं.३ अन्तर्गत चर्दीखोला अर्थात् ब्यास मार्गमा पर्ने मोटरेबल पक्की पुलको उद्धघाटन गरिएको थियो ।

तत्कालिन तथा हालका मेयर रमेश पाण्डेको पहलमा निर्माण गर्न लागिएको उक्त पुलको लम्वाई करिब २० मिटर र चौडाई ७ मिटर रहेको छ ।
उक्त नगरपालिकाको ३ र ४ नंम्वर वडाको विचमा तथा बेशिसहर, सुन्दरवजार, कुन्छा, सोतिपसल हुँदै दमौली र पोखरा जोड्ने महत्वपूर्ण सडकमार्गमा पर्ने उक्त पुल उद्धघाटनको क्रममा भनिएको थियो कि, देश विकासको …