Comments Add Comment

Advertisment

SKIP THIS

बिचित्र संसार

List Grid
तारकेश्वर–८ गैरी गाउँमा शिवमन्दिरको प्रतीक्षालयमा पुरुष मृत फेला 

काठमाडौं, तारकेश्वर — तारकेश्वर नगरपालिका वडा नं. ८ गैरी गाउँस्थित शिवमन्दिर नजिकै रहेको प्रतीक्षालयमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीयका अनुसार बिहानै उक्त व्यक्तिलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
धर्मस्थली प्रहरीका नायव निरीक्षक भुवन जर्गा मगर घटनास्थलमा पुग्दा ती पुरुष अचेत अवस्थामा रहेको पुष्टि भएपछि थप अनुसन्धानका लागि बालाजु प्रहरी वृत्तलाई जानकारी गराइएको थियो।
मृतकको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार मृतकको परिवारको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ।
यसबीच केही सहयोगी मनहरूले मृतक परिवारलाई आर्थिक सहयोगसमेत गरेका छन्।
घटनास्थलमा मुचुल्का उठाउने तयारी भइरहेका बेला …

काठमाडौं क्षेत्र–७ मा रास्वपा उम्मेदवार गणेश पराजुलीको घर नजिक शंकास्पद वस्तु फेला, सेनाको टोलीले डिस्पोज गर्‍यो

काठमाडौं, — गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी) को घर नजिकै रहेको पुरानो नर्सरी बगैंचाको साइडमा शंकास्पद वस्तु फेला परेको छ।
स्थानीयले जानकारी दिएपछि उक्त स्थानमा सुरक्षा निकाय परिचालन गरिएको थियो। शंकास्पद वस्तुलाई सशस्त्र प्रहरी तथा नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।
डिस्पोज गरिएको वस्तुमा धुलो र बालुवा मिसिएको सामग्री तारले कभर गरेर राखिएको अवस्थामा भेटिएको सेनाले प्रारम्भिक जानकारी दिएको छ। उक्त वस्तु विस्फोटक पदार्थ थियो वा थिएन भन्नेबारे प्राविधिक परीक्षणपछि मात्र स्पष्ट हुने बताइएको छ।
घटनाबारे कसले र किन उक्त वस्तु राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको नेपाल …

बसपार्क प्रहरीको सफलता, टोखा–३ मा १० हजार लिटर अवैध रक्सी बरामद

काठमाडौं । टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुल नजिक सञ्चालन हुँदै आएको अवैध घरेलु रक्सी उत्पादनस्थलमा नयाँ बसपार्क प्रहरी प्रभागको टोलीले छापा मारेको छ।
नेपाल प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा गरिएको छापाका क्रममा ठूलो परिमाणमा अवैध सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब १० हजार लिटर अवैध घरेलु रक्सी, ९ हजार किलोग्राम गहुँ र कोदोको कच्चा पदार्थ तथा रक्सी पकाउने ३ सेट भाँडाकुँडा बरामद गरिएको हो।
बसपार्क प्रहरी प्रभागका अनुसार यो कारबाही हालसम्मकै सबैभन्दा ठूलो परिमाणको बरामद मानिएको छ। अवैध गतिविधि नियन्त्रणमा लिएको भन्दै स्थानीयवासीहरूले प्रहरीको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका …

पत्रकार दिनेश सिटौलाको असामयिक निधन

काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) बाट पीडित थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला त्यहीँ बेहोस भएपछि उपचारका लागि शुक्रबार काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहे पनि चिकित्सकले आज दिउँसो १२:४५ बजे उनलाई मृत घोषणा गरेका हुन्।
४३ वर्षीय सिटौलाको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने परिवार स्रोतले जनाएको छ। उनी अविवाहित थिए। उनका पिता, एक दिदी तथा दुई दाजुभाइ छन्।
सिटौला चलचित्र पत्रकारितामा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। उनले चलचित्र पत्रकार संघको …

डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

तारकेश्वरमा फोहोर संकलन सेवा अस्थायी रूपमा बन्द, स्थानीयलाई सूचना

काठमाडौं । तारकेश्वर नगरपालिकामा फोहोर संकलन कार्य अस्थायी रूपमा रोकिएको छ।
बन्चरेडाडा ल्यान्डफिल साइटमा उत्पन्न समस्या र फोहोर व्यवस्थापनमा देखिएको अवरोधका कारण कार्तिक १२ गतेदेखि नियमित रूपमा फोहोर उठाउन नसकिएको तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लि.ले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक केदार खत्रीद्वारा जारी सूचनाअनुसार फोहोर संकलनमा आएका अवरोध समाधान नहुँदासम्म नगरक्षेत्रमा फोहोर उठाउन सम्भव नभएको र सेवाग्राहीलाई असुविधा हुन सक्ने जनाइएको छ।
सूचनामा भनिएको छ, “नगरबासी र व्यवसायीहरूले अस्थायी रूपमा घर र व्यवसाय स्थानमै सुरक्षित तरिकाले फोहोर व्यवस्थापन गर्न अनुरोध गर्दछौं। संकलन कर्मचारी तथा सवारी नपुगेमा नजिकैको कार्यालय वा कर्मचारीलाई जानकारी गराउनुहोला।”
समस्या …

“तारकेश्वरको शुभाग्य क्याफेमा राति चोरको हमला ! कर्मचारीको होहल्ला पछि भाग्यो चोर”

तारकेश्वर नगरपालिका वडा नम्बर ८, शिव मन्दिर नजिकै रहेको शुभाग्य क्याफेमा गएराति चोरीको प्रयास भएको छ।
गए राति करिब ११ बजेतिर करिब ४० वर्ष उमेरको देखिने एक पुरुष हातहतियारसहित झोला बोकेर आएर क्याफेको ढोका फुटाउने प्रयास गरेको बताइएको छ।
सो क्रममा क्याफेभित्र सुतिरहेका कर्मचारीहरूले आवाज सुनी होहल्ला गरेपछि चोर भाग्न सफल भएको कर्मचारीले बताएका छन्।
तारकेश्वर क्षेत्रमा पछिल्ला दिनहरूमा लगातार चोरी र लुटपाटका घटना बढ्दै गएका छन्। हिजो मात्र बेलुका गोलढुंगा फूलबारी गेट नजिकै दुई जना लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई बालाजु वृत्तमा अनुसन्धान गरिरहेको थियो।
क्याफे सञ्चालकका अनुसार, सिसिटिभी फुटेजमा मानिसको अनुहार …

तारकेश्वरको फुलबारी गेट नजिक लुटपाटमा संलग्न दुई जना प्रहरीद्वारा पक्राउ

१३ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका–५ बाट लुटपाटमा संलग्न भएको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार राति करिब ११ बजे तारकेश्वर–५ गोलढुंगा फूलबारी गेट नजिक एक युवकमाथि लुटपाट गर्ने क्रममा रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले एक युवकमाथि रकम र मोबाइल लुटपाट गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बालाजु …

“भोटमा सुनजस्तो, विकासमा शून्य”- तारकेश्वर-३ तिनपिप्ले किसनडोल सडक स्थानीयको व्यथा!

तारकेश्वर नगरपालिका वडा नम्बर ३ अन्तर्गत तिनपिप्ले–किसनडोल जाने सडक खण्ड लामो समयदेखि अत्यन्तै दयनीय अवस्थामा रहेको स्थानीयहरू बताउँछन्।
स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले समेत यस सडकप्रति कुनै चासो नदेखाएको भन्दै जनतामा गहिरो असन्तुष्टि फैलिएको छ।
स्थानीयहरूको भनाइ अनुसार, नेताहरू चुनावको बेला “बाटो बनाउँछु, एक घर एक धारा ल्याउँछु” भन्ने मिठा नारासहित भोट माग्न आउँछन् तर जितेपछि गाउँ र जनताको समस्या बिर्सिन्छन्। “भोट माग्दा सुनजस्तै बोल्छन्, जितेपछि शून्य काम गर्छन्,” एक स्थानीयले व्यङ्ग्य गरे।
न्युज24ग्यालेक्सीसँग कुरा गर्दै अर्को स्थानीयले भने, “कसैलाई बिरामी परे पनि अस्पताल लैजान मुस्किल पर्छ। काठमाडौँ महानगरको छेउमै भएर पनि …