- Home
- Showing Post From:-बिचित्र संसार
बिचित्र संसार
काठमाडौं । तारकेश्वर नगरपालिकामा फोहोर संकलन कार्य अस्थायी रूपमा रोकिएको छ।
बन्चरेडाडा ल्यान्डफिल साइटमा उत्पन्न समस्या र फोहोर व्यवस्थापनमा देखिएको अवरोधका कारण कार्तिक १२ गतेदेखि नियमित रूपमा फोहोर उठाउन नसकिएको तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लि.ले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक केदार खत्रीद्वारा जारी सूचनाअनुसार फोहोर संकलनमा आएका अवरोध समाधान नहुँदासम्म नगरक्षेत्रमा फोहोर उठाउन सम्भव नभएको र सेवाग्राहीलाई असुविधा हुन सक्ने जनाइएको छ।
सूचनामा भनिएको छ, “नगरबासी र व्यवसायीहरूले अस्थायी रूपमा घर र व्यवसाय स्थानमै सुरक्षित तरिकाले फोहोर व्यवस्थापन गर्न अनुरोध गर्दछौं। संकलन कर्मचारी तथा सवारी नपुगेमा नजिकैको कार्यालय वा कर्मचारीलाई जानकारी गराउनुहोला।”
समस्या …
तारकेश्वर नगरपालिका वडा नम्बर ८, शिव मन्दिर नजिकै रहेको शुभाग्य क्याफेमा गएराति चोरीको प्रयास भएको छ।
गए राति करिब ११ बजेतिर करिब ४० वर्ष उमेरको देखिने एक पुरुष हातहतियारसहित झोला बोकेर आएर क्याफेको ढोका फुटाउने प्रयास गरेको बताइएको छ।
सो क्रममा क्याफेभित्र सुतिरहेका कर्मचारीहरूले आवाज सुनी होहल्ला गरेपछि चोर भाग्न सफल भएको कर्मचारीले बताएका छन्।
तारकेश्वर क्षेत्रमा पछिल्ला दिनहरूमा लगातार चोरी र लुटपाटका घटना बढ्दै गएका छन्। हिजो मात्र बेलुका गोलढुंगा फूलबारी गेट नजिकै दुई जना लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई बालाजु वृत्तमा अनुसन्धान गरिरहेको थियो।
क्याफे सञ्चालकका अनुसार, सिसिटिभी फुटेजमा मानिसको अनुहार …
१३ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका–५ बाट लुटपाटमा संलग्न भएको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार राति करिब ११ बजे तारकेश्वर–५ गोलढुंगा फूलबारी गेट नजिक एक युवकमाथि लुटपाट गर्ने क्रममा रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले एक युवकमाथि रकम र मोबाइल लुटपाट गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बालाजु …
तारकेश्वर नगरपालिका वडा नम्बर ३ अन्तर्गत तिनपिप्ले–किसनडोल जाने सडक खण्ड लामो समयदेखि अत्यन्तै दयनीय अवस्थामा रहेको स्थानीयहरू बताउँछन्।
स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले समेत यस सडकप्रति कुनै चासो नदेखाएको भन्दै जनतामा गहिरो असन्तुष्टि फैलिएको छ।
स्थानीयहरूको भनाइ अनुसार, नेताहरू चुनावको बेला “बाटो बनाउँछु, एक घर एक धारा ल्याउँछु” भन्ने मिठा नारासहित भोट माग्न आउँछन् तर जितेपछि गाउँ र जनताको समस्या बिर्सिन्छन्। “भोट माग्दा सुनजस्तै बोल्छन्, जितेपछि शून्य काम गर्छन्,” एक स्थानीयले व्यङ्ग्य गरे।
न्युज24ग्यालेक्सीसँग कुरा गर्दै अर्को स्थानीयले भने, “कसैलाई बिरामी परे पनि अस्पताल लैजान मुस्किल पर्छ। काठमाडौँ महानगरको छेउमै भएर पनि …
काठमाडौँ, ६ कार्तिक — गए राति करिब ११:३५ बजे तारकेश्वर नगरपालिका वडा नम्बर–६ धर्मस्थली पसल चोकस्थित सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।
तिनपिप्लेबाट सानो बाइपासतर्फ आउँदै गरेको बा.प्र.०२.०३७प ५१०६ नम्बरको R15 मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको स्रोतले जानकारी दिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ चिसापानी बस्ने १७ वर्षीय प्रजित घिमिरे गम्भीर घाइते भएका छन्। टाउको, छाती, हात र खुट्टामा चोट लागेका घिमिरेलाई प्रारम्भिक उपचारका लागि Teaching Hospital लगिएको थियो भने पछि थप उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा सारिएको …
काठमाडौं, तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित सडक खण्डमा भएको दु:खद मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ।
स्रोतका अनुसार, तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २६ वर्षीय अमित पुतुवारको घटनास्थलमै मृत्यु भएको हो। पुतुवार तारकेश्वर नगरपालिका वडा नम्बर ६ पुसल धर्मस्थलीका बासिन्दा हुन्।
मृतकलाई तत्कालै तारकेश्वर सिटी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको जनाएको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
स्रोतका अनुसार, मोटरसाइकल अत्यधिक तीव्र गतिमा रहेकाले दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा नै एकजनाको मृत्यु भएको पुष्टि भएको छ भने मृतकको पहिचान खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
ककनी, कात्तिक ४ । ककनी गाउँपालिका–१, जलकिनी (कागती गाउँ) निवासी सुकुटे बालामी र गाउले बालामीको घरमा आज बिहान करिब ४:३० बजे अचानक आगलागी भएको छ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, गरगहना, नगदसहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएका छन्।
स्थानीयका अनुसार करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। घटना भएको केही समयमै दमकल बोलाइए पनि बाटो साँघुरो र दुर्गम भएकाले दमकल पुग्न नसकेपछि स्थानीयहरूले ठूलो प्रयासका साथ आगो नियन्त्रणमा ल्याएका हुन्।
आगो नियन्त्रणमा आउँदासम्म दुबै घर पूर्णरूपमा जलेर खरानी भएका थिए। आगलागीका कारण लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानवीय क्षति …
अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।









